अमेरिकाको आयोवा राज्यमा आफ्नो पेशा र ब्याबसाय गरेर आउनु भएकी सरिता पण्डितको प्रयास र प्रायोजकमा लमजुङ्गका बिद्यार्थीहरुलाई र शिक्षकहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धी १ हप्ते तालिम सम्पन्न ।

इनेप्लिज २०७४ माघ २९ गते २३:१३ मा प्रकाशित

फेब्रुअरी १२, २०१८, लमजुङ्ग – लमजुङ्ग घर भै हाल अमेरिकाको आयोवा राज्यमा परिवार सहित आफ्नो पेशा र ब्याबसाय गरेर आउनु भएकी सरिता पण्डितको प्रयास र प्रायोजकमा श्री शान्ती उच्च माबी कुन्छा र श्री साँस्कृतिक सदन माध्यामिक बिद्यालय लमजुङ्गका बिद्यार्थीहरुलाई र शिक्षकहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धी  १ हप्ते तालिम सम्पन्न गरिएको छ ।

बिपिन कुमार ठाकुर कुन्छा र शिब संकर तिवारीद्वारा कार्यक्रमलाई कुन्छा र दुराडाँको उच्च माध्यमिक बिद्यालय सम्म लैजान सुरुवात देखि अन्तसम्म सहजिकरण, समायोजन ब्याबस्थापन गर्नु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनल वाहाँहरु प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छ । कार्यक्रमको सुरुवातमा सरिता पण्डितले अमेरिकाको आयोवा राज्यबाट स्कुलका बिद्यार्थीहरुलाई र शिक्षकहरुलाई कार्यक्रमको बारेमा पठाईको भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।

अहिले बढिरहेको साईबर अपराधबाट स्कुलका आँफुले अध्ययन गरेको स्कुलका बिद्यार्थीहरुलाई सुरक्षित गर्नु पर्ने आबश्यकताको महसुस गरि मैले यो कार्यक्रम ल्याउन सफल भएको छु । यो कार्यक्रमबाट सबैले ज्ञान लिनु पर्ने कुरामा सरिता पण्डितले भिडियो मार्फत जानकारि गराउनु भएको थियो ।

27999802_416783928766779_10094578_o.jpg

श्री शान्ती उच्च माबी कुन्छाका बिद्यार्थीहरु मात्र नभै स्कुलमा अध्यापन गराउनुहुने संपुर्ण शिक्षक र शिक्षिकाहरुलाई पनि तालिम प्रदान गरिएको थियो । त्यस्तै गरि श्री साँस्कृतिक सदन माध्यामिक बिद्यालय दुराडाँडा लमजुङ्गका बिद्यार्थीहरुलाई र शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो ।

27946121_415938062184699_1635506628_o.jpg

फोन, फेसबुक, कम्प्युटर, ईन्टरनेटबाट हुने अपराधिक कृयाकलाप कसरि घटछ र सुरक्षाका उपायहरुको बारेमा साईबर सेक्युरिटी ईन्टरन्यासनलकी प्रशिक्षक पुजा गुरुङ्गले सहभागी बिद्यार्थीहरु र शिक्षकहरुलाई तालिम दिनुभएको थियो । त्यस्तै गरि साईबर सेक्युरीटी ईन्टरन्यासनलको तर्फबाट मन्जु मगरले नाम, समाचार, फोटो र भिडियो संकलन गर्नु भएको थियो । अन्त्यमा सहभागीहरुले कार्यक्रम अत्यन्तै प्रभाबकारी रहेको र उक्त कार्यक्रम गुल्मी जिल्लाका अन्य ठाउँहरुमा पनि पुर्‍याउनु पर्ने कुरामा जोड दिएका थिए । दुबै स्कुल गरि करिब ६०० बिद्यार्थीहरु र शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा प्रशिक्षक पुजा गुरुङ्ग र मन्जु मगरलाई एक बिदाई कार्यक्रम बिच फुलमाला लगाएर स्वागत गरिएको थियो ।

27907012_415938435517995_1120592420_o.jpg

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।

यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि सुबेदी हुनुहुन्छ  । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुन हुनु हुन्छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन  ।

प्रतिक्रिया