डिसी अमेरिकाको उच्चतम मातृ मृत्यु दर भएको शहर

इनेप्लिज २०७४ माघ २८ गते ०:२६ मा प्रकाशित

पछिल्लो तथ्यांक अनुसार डिसी अमेरिकाको सर्बाधिक मातृ मृत्यु दर भएको शहर बनेको छ l अमेरिकाको राजधानी वाशिंगटन डिसी अमेरिकाको कुनै पनि अन्य राज्य भन्दा उच्चतम मातृ मृत्यु दर भएको संघिय तथ्याङ्कले देखाएको छ l

उक्त तथ्यांक अनुसार अफ्रिकन अमेरिकन महिला ३ गुणा ज्यादा स्वेत अमेरिकन महिला भन्दा मृत्यु हुने जनाएको छ l यस्तो अवस्था देखिए पछि के कारणले यस्तो मृत्यु दर हुन् पुगेको हो भने समितिले नीति निर्माण गर्न सिफारिस गरेको छ l

यसै बीचमा राष्ट्र को सर्बाधिक मातृ मृत्यु दर बनेको डिसी परिषदले गत मंगलबार प्रारम्भिक समिति निर्माण गर्न, मृत्यु दरको अध्ययन गर्न र रोकथाम मा काम गर्न स्वीकृति दिएको छ l

सन् २००५ देखि २०१४ को एक तथ्याङ्क अनुसार १ लाखमा ३९ जना महिला को मृत्यु भएको जनाएको छ l सन् २०१६ मा चिकित्सा क्षेत्रको “अब्सटेट्रिक्स एण्ड गाइनोकोलोजिस्ट ” पत्रिकामा प्रकाशित भएको कुरा डब्लुटिओ पी ले समाचार लेखेको छ l जव कि राष्ट्रको तथ्याङ्क अनुसार १ लाखमा केवल १७ महिला मात्रको मृत्यु दर भनेको छ l

प्रतिक्रिया