एचडीएनपी नेपाल द्वारा पशुपतिनाथमा खाधान्न वितरण

इनेप्लिज २०७४ माघ २७ गते १६:१३ मा प्रकाशित


विजय थापा ,टेक्सास राज्यको ड्यालसमा स्थापित सामाजिक सँस्था एचडीएनपी इन्टरनेसनल को शाखा एचडीएनपी नेपाल ले पशुपतिमा परिसर मा यत्र तत्र सर्बत्र मागेर जीविको पार्जन गर्ने तथा घरबार बिहिन लाई खाधान्न वितरण गरेको छ l

एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले करिव २ सय ५० भन्दा ज्यादा लाई खाधान्न वितरण गरेको जनाएका छन् l हाल संस्थाका संचालक आचार्य नेपाल को भ्रमण मा रहेको समयमा भिक्षा माग्ने जोगी ,असहाय ,घरबार बिहिन ,दुखिलाई शिव रात्रिको अवसरमा खाधान्न वितरण गरेको हो l

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई बिशेष सहयोग प्रदान गर्दै आएको छ । यसै क्रमलाई निरन्तरता दिएको आचार्यले जनाएका छन् l पशुपतिनाथमा खाधान्न वितरण को समयमा खुशी बाढ्न सकियोस भन्दै नाचगान समेत गरिएको थियो l

टेक्सास राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापना काल देखि नै घरबाहर बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको छ l

खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदान को आयोजना गर्दछ । संस्थाले समाज सेवा को साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

प्रतिक्रिया