फ्रेडरिक्सवर्गमा अमेरिकन नेपाली कला प्रदर्शनीमा राजदूत कार्की

इनेप्लिज २०७४ माघ २७ गते १४:२८ मा प्रकाशित

८ फरवरी, वाशिंटन डिसी, फ्रेडरिक्सवर्ग नेपाल एक्सचेञ्जको आयोजनामा ८ फरवरी साँझ अमेरिकन नेपाली कला प्रदर्शनी “नेपाली म्याजिक आर्ट एक्जिविट”को शुभारम्भ भयो l र सो को उपलक्ष्यमा एक स्वागत समारोहको आयोजना गरियो ।

सो समारोहलाई अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कुमार कार्कीले सम्वोधन गर्नु भएको थियो । सम्वोधनको क्रममा राजदूत कार्कीले सो समारोहमा उपस्थित हुन पाएकोमा खुशी व्यक्त गर्दै आफू नेपाली महिला मेयरलाई फ्रेडरिक्सवर्गकी महिला मेयर मेरी क्याथरिन ग्रीनलअ सँग भेटाउन इच्छुक भएको वताउनु भयो ।

त्यसअघि राजदूत कार्कीको विस्तृत परिचय प्रस्तुत गर्दै फ्रेडरिक्सवर्गकी मेयर ग्रीनलअले आफ्नो नेपाल भ्रमणको चर्चा गर्दै नेपालका नगरपालिकाहरुमा आफूले अधिकाँश उपमेयरहरु महिलाहरू पाएको उल्लेख गरेकी थिइन् ।

स्मरणीय छ, फ्रेडरिक्सवर्ग र काठमाडौंको भगिनी सम्वन्ध गाँसिएको छ l काठमाडौं महानगरको निमन्त्रणामा मेयर ग्रीनलअको नेतृत्वमा एक प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको थियो र सोही भ्रमणको क्रममा सँगालेका नेपाली कलाहरु र अमेरिकन कलाकारहरुले नेपाल भ्रमणको क्रममा सिर्जित कलाहरुको प्रदर्शनीको आयोजना गरिएको हो ।

समारोहमा नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट एह डेलिसीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन सु हेण्डरसनले गरेकी थिइन् । सो स्वागत समारोहमा नेपालका मित्र अमेरिकनहरु र फ्रेडरिक्सवर्गका नेपालीहरुका साथै उत्तरी भर्जिनियाका नेपालीहरु उपस्थित थिए ।

फ्रेडरिक्सवर्ग काठमाडौंका संयोजक पूर्ण श्रेष्ठले पनि समारोहलाई सम्वोधन गरेका थिए । यो समूहले नेपालमा गएको विनासकारी भूकम्पको वेला साँगितीक कार्यक्रम र साइलेण्ट अक्सनको माध्यमवाट रकम सङ्कलन गरी मानवीय सेवा पुर्याएको थियो । यो सवैको तारतम्य मिलाउने व्यक्ति भनर डेभिड काप्रेरा हुन् ।

(www.vpkonlinenews.com को सौजन्य)

प्रतिक्रिया