कृष्ण र प्रितिको के सम्बन्ध हो ? भिडियो हेर्नोस्

इनेप्लिज २०७४ माघ २६ गते २०:०४ मा प्रकाशित

२६ माघ, काठमाडौं । गायक कृष्ण रेउले र गायिका प्रिति आलेबीचको सम्बन्ध के हो र गाउँमा हल्ला चलेको ? यी दुई गायक र गायिकाले गाउँमा के गरे र हल्ला चलेको हो बुझ्न गाह्रो भो । हल्ला चल्दा त कि राम्रो काम गर्नुप¥यो कि नराम्रो ! राम्रोको भन्दा त नराम्रो काम हल्ला चाहिँ अलि बढी नै चल्छ क्यारे ।

यतिबेला गायिका प्रिति आले र गायक कृष्ण रेउलेबीचको सम्बन्ध छताछुल्ल भएर गाउँमा हल्ला चल्न पुगेको छ । यी दुईले गाएको गीत ‘गाउँमा हल्ला चल्यो’ आजबाट बजारमा रिलिज भएको छ । कल्पना क्रियशनको प्रस्तुतिमा कृष्ण रेउलेको ‘गाउँमा हल्ला चल्यो’ को शब्द संगीत रहेको छ । ‘आज गाउँमा’को अपार सफलतापछि गायक रेउलेले गाउँमा हल्ला चल्यो बजारमा ल्याएका हुन् ।

गाउँमा हल्ला चल्योको म्यूजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । गायक रेउले स्वयम् अभिनय गरेको यो म्यूजिक भिडियोमा उनलाई रिना थापा मगरले साथ दिएकी छन् । दुर्गा पौडेलको छायाँकन रहेको म्यूजिक भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।

प्रतिक्रिया