कस्तो होला त चलचित्र ‘कृ’ को भविष्य? हेर्नुस् भिडियो सहित 

इनेप्लिज २०७४ माघ २६ गते १९:५० मा प्रकाशित
बर्ष २०७४ कै सर्वाधिक प्रतिक्षित मानिएको फिल्म ‘कृ शुक्रबारबाट प्रदर्शनमा आएको छ । युवा स्टार अनमोल केसी करिब २ बर्षपछि पर्दामा आउँदा उनको फिल्मलाई लिएर दर्शक तथा फिल्म चिन्तक अनि फिल्मकर्मीमा निकै चासो र उत्साह बढेको थियो । रिलिजको ओपनिङ डे फिल्मको बिजनेस कस्तो रह्यो धेरैमा चासोको विषय हुनसक्छ ।
 
राजधानीका मल्टिप्लेक्स सहित केहि सिंगल स्कृन हाउसफुल बन्दा कतै विहानीको शो सर्वाधिक सफल बन्यो त कतै दिवा शोज मा दर्शकको भिड देखियो । फिल्मले शुक्रबार देशभर ६० प्रतिशत आसपासको ओपनिङ अकुपेन्सी कायम गरेको छ ।
 
चाबहिल स्थित गोपिकृष्ण हलमा फिल्मको पहिलो शो बम्पर बन्यो । चार पर्दा हाउसफुल बने । त्यसपछि ११ बजेको शोमा दर्शकको साथ मध्यम मात्र रहँदा दिवा शोजमा गोपिकृष्ण च्यानको ठुलो पर्दा मानिने गोपि र १२० आसपास सिट संख्याको शिवाय हाउसफुल बन्यो । साँझको शो मा पनि दर्शकको साथ मध्यम देखिएको हल सञ्चालकबाट जानकारीमा छ ।
https://www.youtube.com/watch?v=eqA2CZzORQY

प्रतिक्रिया