अमेरिकाका सबभन्दा खराव नौ जागिरहरु किन ?

इनेप्लिज २०७४ माघ २६ गते १२:३४ मा प्रकाशित

 

विजय थापा , वाशिंगटन डिसी ,अमेरीका आए पछि काम पाउनु नै अहोभाग्य l जागिर बाहिरी बाट देख्दा सरल लागेता पनि जागिर खान महिनौ तथा बर्षौ सम्म भौतारी रहेका लाई यसको पीडा थाहा हुन्छ l जागिर सवै राम्रा हुन्छन l हामीले कसरी लिने यसमा भर पर्छ l कसैलाई कुन जागिर कसलाई कुन जागिर मन पर्नु स्वाभाविक हुन्छ l

तथापी अमेरिका आउने भनेको मुद्रा कमाउने हो l अमेरिकामा जागिर निकै समय सम्म अमेरिकामा भएन भने ठुलो सङ्कट आई पर्छ l मानिस सडकमा पनि आउन सक्छ l अमेरिकामा नेपालीले जे पनि काम गर्ने हुनाले काम पाई हाल्दछन l अमेरिकामा काम भन्ने बितिकै सबै राम्रा हुन्छन् भन्ने होइन l सजिलो काम भन्ने अमेरिकामा हुँदैन l अमेरिकामा काममा सम्झौता गरिन्छ l

अमेरिकामा उत्कृष्ट जागिर ,जोखिम पूर्ण जागिर ,तनावपूर्ण जागिर र सबै भन्दा खराव जागिर (चुत्थो )आदि हुन्छन l यसको अर्थ यो हैन कि सवै जनाले राम्रो काम मात्र गर्छन l त्यसो भए नराम्रो काममा मानिस नै हुदैन भन्ने हैन l

स्वास्थ्य र सुरक्षा को कारण लाई ख्याल गर्दै जागिर खाने गरिन्छ l कसैलाई कुनै जागिर तनाव लाग्छ भने कसैलाई कुन ? कुनै कुनै जागिर जोखिम पूर्ण पनि हुन्छन l

सबै भन्दा खराव ९ जागिरहरु वर्णानुक्रम रुपमा तलब,अवसर तथा स्वास्थ्य तथा सुरक्षालाई मध्य नजर गर्दै यसरी खराव जागिर भनिएको हुन् सक्छ l तर हामीलाई यस्तो लाग्दैन l

संयोजन(फिटिंग ) गर्ने कामदार : यस्ता कामदारले ले टुक्राटुक्री ,विभिन्न समानलाई जोडेर कुनै उपकरण ,यन्त्र आफ्नो हातले बनाउछन l उदाहरणको लागि गाडी का पाटपूर्जा,दुर दर्शन(टिभी )को भित्रि या बाहिरी समानहरु l तुलनात्मक रुपमा राम्रो मान्दैनन l तलव पनि काम गरे अनुसार कम पाउछन l यसलाई त्यति राम्रो भन्दैनन l

कोईला खानीका मजदुर : सुरुङ्ग भित्र पसेर काम गर्नु पर्ने हुन्छ l थुप्रै खन्ने र भत्काउने काम गर्नु पर्ने हुन्छ l अध्यारोको साथै निकै लामो सुरुङ्गको कारण लामो समय सम्म काम गर्दा जोखिम पनि हुने हुनाले यसलाई त्यति राम्रो काम मान्दैनन अन्य जागिरको तुलनामा l यसमा काम गर्न मजदुर धेरै मारिन्छन l तथा डरलाग्दो चोट पटक र घाइते हुने बढी सम्भावना हुन्छ l

खेतीकिसान : जीवन नै बिहान देखि नै खेतमा व्यस्त हुन्छन l हातले नगरेता पनि जोत्ने ,खन्ने ,रोप्ने र कृषिका यन्त्रहरु चलाउनु पर्ने हुन्छ l यसमा पनि सवै मौसममा काम पाइदैन l र सुबिधाहरु पनि कम पाइने र तलव पनि कम पाउने हुनाले यसलाई पनि सवै भन्दा खराव जागिर मध्ये कै मानिन्छ l

माझी : यिनीहरुको काम जाली बुन्ने बनाउने ,खम्बा घोचा बनाउनु पनि पर्छ l माछा समात्ने खन्याउने र राखन धरन गर्नु पर्ने हुन्छ l सवै भन्दा ज्यादा भवितव्यता घायल हुने ज्यादै हुन्छन l समुन्द्रमा बस्ने र आफ्ना परिवार संग बाहिर हुनु पर्छ l कठिन र खराव मौसमको कारण निकै हिम्मत वाला पनि हुनु पर्छ l
यति जोखिम पूर्ण भएता पनि कम आम्दानी र कमाई कम हुन्छ l

दाउरा काट्ने कामदार : दाउरे कामदारहरुले सानो ,मझौला तथा बढेमानका रुखहरु काट्ने गर्छन l हातले नगरी सवै यन्त्र बाट गर्दछन l र काटे पछि यसलाई सवै व्यवस्था गर्दछन l यस्तो कामदारहरु को संख्या घट्ने क्रममा छ l यो पनि निकै जोखिम हुने र एकान्त स्थान तथा खराव मौसममा पनि काम गर्नु पर्ने हुन्छ l बलियो पनि हुनु पर्ने र ज्यादै भार को काम गर्नु पर्ने हुनाले यसलाई पानि चुत्थो जागिर नै भनिन्छ l

चिकित्सा लिपिकार :यिनी चिकित्सक संग भएको अन्तर सम्बाद तथा कुराकानीको अभिलेखलाई अनुबाद गर्दछन l तथा अन्य स्वास्थ्य संग सम्बन्धित लिखित दस्ताबेज लाई अर्थ लगाई दिनु को साथै चिकित्सा शब्दहरुका बारेमा ब्याख्या गर्दछन l यसको पनि त्यति राम्रो कमाई नहुने हुन्छ l अन्य जागिर को तुलनामा राम्रो मान्दैनन l

समाचार सम्बाददाता :पत्रकारिताको काम l नेपालमा राष्ट्रको चौथो अङ्ग l स्थानीय ,क्षेत्रीय तथा राष्ट्रिय रुपमा ज्यादै सोध खोज गर्नु पर्ने हुन्छ l लेख्नु पर्ने काम को जिम्मेबारी पाएका हुन्छन l सन् २०२४ सम्म अधिकांश छापा समाचारहरु ८ प्रतिसतले ह्रास हुने तथ्याङ्क निकालेका छन् l र बिधुतिय पत्रिकाहरु चल्ने देखिएको छ l तुलना गर्दा तलव कम पाउदछन l निर्धारित तिथि चाप तथा स्थान्तरण आदि ईत्यादी को समस्या भोग्ने हुन्छन l मेहनत अनुसार दाम कम हुने हुनाले यसलाई पनि राम्रो जागिरमा गनिदैन l तर यसो भन्दैमा जागिर नखाने भन्ने चाही हैन l दरखास्त माथि दरखास्त पनि उम्मेदवारले भर्ने गरि रहेका छन् l

हुलाक सेवाका कामदार : लामो समय सम्म काम गर्नु पर्ने हुन्छ l चिट्ठी पत्र छनौट तथा वितरण गर्नु पर्ने हुन्छ l एक बजार सर्वेक्षण (बिएलएस )का अनुसार सन् २०२४ सम्म २६ प्रतिसतले जागिर घट्ने देखाएको छ l चिट्ठी तथा अन्य सामग्री वितरण गर्ने कर्मचारीले कठोर मौषम ,बिस्तार गरिएको क्षेत्र सम्म लानु पर्ने र काम गर्नु पर्ने हुन्छ l

ट्याक्सी चालक :कमाई नहुने हैन l सवै देशका मानिस यस पेसामा छन् l नेपालीहरु पनि प्रसस्त होमिएका छन् l ग्राहक को ईक्षा अनुसार जहाँ पनि पसार पसार गर्नु पर्छ l जोखिम पनि हुन्छ l लुटेरा र खराव यात्रीको कारण कैयौले ज्यान गुमाएका छन् l लुटिने क्रम जारी छ l महानगरी शहरहरुमा अझ खराव तथा लुटेरा यात्री को कारण सदैव डर पनि हुने हुन्छ l

अमेरिकामा हरेक पेसामा डर पनि हुन्छ l यसो भन्दैमा काम नै बन्द भएको भन्ने पनि हैन l कुनै पनि काम खराव चाही हुदैन l माथि उल्लेख गरि झैँ हामीले यसलाई अवसर को रुपमा लिनु पर्छ l अमेरिकामा यस बाहेक हजारौ जागिर हुन्छन l जोखिम तथा मनोरंजन गर्न चाहने ले जुन सुकै जागिर खाए पनि केहि फरक पर्दैन l

प्रतिक्रिया