गायक हिमसागर बस्नेतको गयौ दिलमा आगो झोसेर (भिडियो सहित )सार्वजनिक
इनेप्लिज
२०७४ माघ २६ गते ११:३५ मा प्रकाशित
रोशन पोखरेल विराटनगर माघ २६
भैरबकालिका म्युजिक प्रालीको प्रस्तुतिमा गायक प्रकाश रानाको दोश्रो प्रस्तुति “गयौ दिलमा आगो झोसेर ” बोलको म्युजिक भिडियो युट्युवबाट सार्वजनिक छ ।गायक हिम सागर बस्नेत र गायिका पुुर्णकला विसीको आवाजमा रहेको गीतमा माया प्रेमका कसिला चोटका भावहरुलाई गित मार्फत ब्यक्त गरिएको छ । हिरामणि भण्डारीको शब्द र संगीत गितमा रहेका छन् ।आफुलाई माया गर्ने प्रेमीकाले आफुलाई छोेडेर पराईको हात समातेर हिड्दा कस्को पो मन नरोला र ? मायालुलाई आफनै सम्झेर दिल दिदाँ समय र परिस्थीतिले विछोडिदाको पिडालाई गितमा ब्यक्त गरिएको छ । भैरबकालिका म्युजिक प्रालिले सार्वजनिक गरेको म्युजिक भिडियोमा लोकेन्द्र शाही र रुपा कडेलको अभिनय रहेको छ । अहिलेका निकै ब्यस्त तथा कुशल निर्देशक काजिश श्रेष्ठले गितको भिडियोमा निर्देशन गरेका हुन । भिडियोलाई सुजन शाहीले सम्पादन र अजय रेग्मीले छायांकन गरेका छन ।
प्रतिक्रिया