किन विदेशी दम्पति अमेरिकामा बच्चालाई जन्म दिन चाहन्छन ?

इनेप्लिज २०७४ माघ २३ गते ११:५३ मा प्रकाशित

 

विजय थापा ,वाशिंगटन डिसी ,अमेरिकाले सबैलाई मोहनी लगाएको छ । बालक देखि बृद्धा सम्म अमेरिकामा बसाई सराई गर्न चाहन्छन l राजनैतिक अस्थिरता ,आर्थिक अवस्था तहस नहस ,देश गम्भीर संकट फसेका मुलुकका नागरिक झन् अमेरिका आउन चाहन्छन ।हजारौ दाउपेच लगाई अमेरिका मानिस प्रसस्त आएका आयै छन् ।

अमेरिका यस्तो देश हो जहाँ एक पटक मानिस आए पछि हत्तपत्त फर्कदैनन । र केहि अपबाद र न्युनतम रुपमा आफ्नो देश फर्कन्छन l।अमेरिका आए पछि जाने नाम निशाना नै हुदैन किनभने मानिसले अमेरिकामा अवसर पाउछन l मेहनत गर्नेले अमेरिकामा जीवन बनाउछ l

अमेरिका कसरि आउ भन्ने मौकामा बसेका दम्पती लाई कसै गरि पर्यटक प्रवेश आज्ञा लाग्यो भने अमेरिकामा बच्चा जन्माउने प्रचलन तिब्र गतिमा बढेको एक आंकडाले देखाएको छ l आफ्नो देशमा गर्भवती रहेता पनि अमेरिकाको प्रवेश आज्ञा लाग्यो कि अमेरिकामा बच्चा जन्माउने बिश्व भरिका लाखौ मानिस अमेरिकामा छन् l

पर्यटक दम्पती पूर्व योजना अनुसार अमेरिकामा नै बच्चा जन्माउने हेतुले अमेरिका आउछन l खाडी मुलुकका धनाड्यहरु पनि अमेरिकामा बच्चा जन्माउन अमेरिका आउछन l किनभने अमेरिका जन्मेको बच्चा अमेरिकन नागरिक स्वत हुन्छ l अमेरिकामा पर्यटक या गैर कानुनी रुपमा छिरे पनि बच्चाको कारण बुवाआमा लाई देश निकाला गर्दैन l

उनीहरुको लक्ष्य नै सपना को देशमा आए पछि आफ्नो सन्तानको भबिष्य निश्चित हुन्छ भन्ने ठान्दछन l यस्मा नेपालीहरु पनि अछुतो रहन सकेका छैनौ l नेपालीहरु पनि पर्यटक बनि अमेरिकामा आएर बच्चा पाउने चाहन्छन l यो क्रम निकै वृद्धि भएको छ l पर्यटक नेपालीहरुले पनि अमेरिकामा बच्चा पाउन थालेका छन् l यति मात्र नभई पर्यटक भै अमेरिका आएर यतै बस्ने योजना बनाउदै गर्दा को अवस्थामा जसरि भए पनि अमेरिका नछोड्ने मानसिकता भएकाहरु यसरि स्वदेश फर्कन बच्चा जन्माउने गरि अमेरिकामा बस्ने गरेका छन् l कानुनी कागजात नभएता र नबनेता पनि अमेरिका छिरे पछि पर्यटकहरु स्थाई रुपले अमेरिका बस्नको लागि पनि अमेरिकामा बच्चा जन्माउन चाहन्छन l

गत बर्ष मात्र एक आँकडा अनुसार झन्डै ३६ हजार पर्यटक बनि अमेरिका छिरेका जोडीको बच्चा अमेरिकामा जन्मेको देखाएको छ l किनभने आफ्ना सन्तान अमेरिकन नागरिक होस् भन्ने चाहना राखें हुनाले यो क्रम तिब्र बढेको छ l

अमेरिकामा बच्चा जन्मेमा स्वत नागरिकता हुने हुनाले अब त्यो रणनीति पनि आप्रवासीले गर्न थालेका छन् l एक अनुसन्धान अनुसार पर्यटक हुन् या हैनन् भन्ने पूर्ण बिबरण भने जानकारी दिन सक्ने अवस्था पनि नभएको उल्लेख गरेको छ l

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्यांक अनुसार सन् २०१२ मा गरिएको एक सर्वेक्षण अनुसार झन्डै ९ लाख महिलाहरुले बिदेशमा जन्मेको बताएको तर बच्चा अमेरिकामा जन्मेको बताएका थिए l

यस्तै पर्यटकहरुको प्रतिबेदन अनुसार एक या दुई जोड्दै जाने हो भने बार्षिक रुपमा कम्तिमा पनि १८ देखि २७ हजार सम्म पर्यटकहरुको बच्चा अमेरिकामा जन्मने आँकडा प्रस्तुत गरेको छ l यस्तो गणना गर्दा अमेरिकाको पुरा जन संख्याको १ प्रतिसत भन्दा पनि कम हुने उल्लेख गरेको छ l

यसै गरि अमेरिकामा एक गरिएको सर्वेक्षणमा झन्डै ८ हजार सुत्केरी महिलाले दिएको ठेगाना अस्थाई रुपमा मात्र अमेरिका बसेको बताएका थिए l रमाइलो पक्ष के छ भने चिनमा झन्डै ५ सय भन्दा ज्यादा प्रतिष्ठानले गर्भवती महिलालाई तालीम दिलाएर अमेरिका छिर्न आप्रवासन बिभागलाई चक्मा दिई सुत्केरीको निउ गरि पसाउने धन्दा समेत गराउदछन l जसको मुख्य उदेश्य अमेरिकामा बच्चा जन्माई अमेरिकन नागरिक बनाउनु हो l

दशौ हजार चिनका महिलाहरु सुत्केरी हुन् अमेरिकाको लागि प्रयास गर्छन भने उनीहरुले करिब २० देखि ८० हजार डलर समेत सबै खर्च कटाएर लिने गरेको पाइएको छ l र दशौ हजार महिला सुत्केरी हुन् आएका छन् l रुस बाट हरेक उडानमा बच्चा जन्माउन अमेरिकाको फ्लोरिडा को मियामीमा आएको आँकडाले देखाएको छ l र रसियनहरुले करिब २० हजार डलर सम्म खर्च गर्छन भनि उल्लेख गरेको छ l

दक्षिण अमेरिकन देशहरुबाट सुत्केरी हुन् आउन चाहनेको आँकडा राख्न सक्ने अवस्था नै छैन किनभने गैर कानुनि रुपमा आएकालाई अमेरिकामा तथ्याङ्क राख्न निकै कठिन समस्या भएको छ l

यसरि नियतिपूर्ण रुपमा सुत्केरीको नाममा भएको मानव ओसार पसारको नाममा शंका लागेमा अमेरिकन अध्यागमन विभागले छापा पनि मार्ने गरेको छ l र पटक पटक अमेरिकामा प्रवेश आज्ञा दिने तथा यस्ता मुद्धा मामिला हेर्ने विभागलाई अन्य देशबाट बच्चा अमेरिकामा जन्माउन चाहन्छौ भनि तमाम सवाल आउने गर्दछ l

अमेरिकाको चुम्बकीय शक्तिले सबैलाई तानेको छ l गर्भवती महिलालाई पनि झन् ब्याकुल बनाई दिएको छ l विश्वका अधिकांश महिलालाई अमेरिकामा सुत्केरी हुन् मन लगाउने अमेरिकाले बनाई दिएको छ l

प्रतिक्रिया