टोकियोमा नेवा:नसा नख: (नेवार फूड फेस्टिवल) २०१८ भव्य रुपमा सम्पन्न

इनेप्लिज २०७४ माघ १५ गते १२:१० मा प्रकाशित

जापानको टोकियोमा आयोजित नेवा:फूड फेस्टिवल (नेवार फूड फेस्टिवल )२०१८ सयौं जापानीहरुको सहभागितामा भव्यरुपमा सम्पन्न भएको छ । वर्ल्ड नेवा:अर्गनाईजेशन जापानद्वारा आयोजित पहिलो नेवा:फुड फेस्टिवलमा नेवार खाना नेवार संस्कृति झल्कने कुमारी ,लाखे ,चर्या नाचका साथै  ।

विभिन्न गीत र नृत्य प्रस्तुत गर्दा टोकियोको कार्यक्रम स्थल इकेगामि काईकान हल नेपालमय बनेको थियो । वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको संयोजक सुनिल कुमार शाक्यको  सभापतित्तो रहेको कार्यक्रममा प्रमुख अतिथिमा जापानका लागि नेपाली महामहिम राजदूत प्रतिभा राणा ज्यू  बिशेष अतिथि भुतपूर्व नेपाल स्थित जापानी राजुदूत मासायुकी कोजिमाज्यू ,जापान नेपाल संघका अध्यक्षज्यू , बिद्यालयका प्रा.डा.केशव लाल महर्जनज्यू , गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष देविलाल भण्डारीज्यू हाजिमेज्युकु स्कुलका मासाहिरो वादाज्यू ,नेपालबाट सभाभागी हुनु भएका नेवा:जागरण मंचका अध्यक्ष सुजिब बज्राचार्यज्यू तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

पानीहरु बीचमा नेवार समुदायको खाना संस्कृतिको प्रबर्द्वन गर्ने उद्देश्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ न्हुदँको उपलक्ष्यमा नेवाः फुड फेस्टिभल २०१८ सम्पन्न भएको हो l जापानीहरुको उल्लेख्य सहभागि रहेको  हुनाले यसपालिको नेवाः नसाः नखः रोचक एवंम जापानीहरुको बीचमा नेवार र संस्कृतिको राम्रो छाप बसेको कुराको जानकारी आयोजक कमिटिका प्रतिनिधि मासाहिरो यामाकावा ‘ब्याँचा दाई’ले बताउनु भएको छ ।

यसपालीको नेवा: नसा नख:(नेवार फूड फेस्टिवल )२०१८ बिदेशमा पहिलो पटक आयोजना गरिएको हुनाले ऐतिहासिक रहेको वर्ल्ड नेवा:अर्गनाईजेश नले जनाएको छ l नेवार भेषभुषामा दर्जनौं नेपाली तथा जापानीहरुको सहभागि साथै नेपाली तथा जापानी कलाकारहरुद्धारा नेवार गीत तथा नृत्यहरु प्रस्तुत गरिएको सो महोत्सवमा धिमे र भुस्या बाजाले  सहभागी सयौं जापानी तथा नेपालीहरुलाई छमछमी नचाउन सफल भएका थिए ।  नेपाली तथा जापानीहरु नेवार पोशाकमा सजिएर सहभागी भएका थिए l

जापानमा पनि नेवार परिकारहरु खान पाईने, साथीभाईसँग भेट हुने र नेवार गीत संगीतमा रम्न पाउने यस्तो रमाईलो अवसर प्रत्यक वर्ष गर्नु पर्नेमा सहभागिहरु बताउछन् ।

नेवा:नसा नख:(नेवार फूड फेस्टिवल )२०१८ , नेपाली राजदुतावास टोकियो,नेपाल पर्यटन बोर्ड नेपाल ,एन आर एन जापान ,नेवा:जागरण मंच जापान ,नेवा:गुठी जापान र नेवा:अन्तेरास्त्रिय फोरम जापानको सहकार्यमा जनवरी २८ तारेख आईतवारका दिन टोकियो स्थित इकेगामि कईकान हलमा सयौं जापानीहरुको सहभागितामा भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको हो l

 

https://www.facebook.com/permalink.php?story_fbid=495796320820622&id=100011707753472&pnref=story

https://www.facebook.com/permalink.php?story_fbid=495799890820265&id=100011707753472&pnref=story

 https://www.facebook.com/wnojapan/

[email protected]

प्रतिक्रिया