सञ्चारकर्मी अमृत गोलेले ल्याए सिन्धुली म्हाभार

इनेप्लिज २०७४ माघ १४ गते १२:१३ मा प्रकाशित
सञ्चारकर्मी अमृत गोलेले सेलो गीत “सिन्धुली म्हाभार “बोलको गीत बजारमा ल्याउनुभएको छ । घ्याङलेक गाउँपालिका –४ सिन्धुलिमा जन्मेका गोलेको शब्द रहेको यो गीत पहिलो गीत हो । आफुले पहिलो पटक नेपाली सेलोमा प्रवेश गरेको र समयानुकूल गीत प्रस्तुत गर्ने उहाँले बताउनु भयो। सिन्धुली म्हाभार डट कममा कार्यरत सञ्चारकर्मी अमृत बिदेशमा रहेर पनि आफ्नो कामालाइ निरन्तरता दिदै अघि बढिरहनु भएको छ निकै रमाइलो सेलो गीत युटुब मार्फत सार्वजनिक गर्नुभएको सञ्चारकर्मी गोलेको गीत अहिलेकि समयमा निकै चर्चित गायिका जितु लोप्चन र गायक सञ्जय थोकरले स्वर दिनुभएको छ । सङ्गीत गायक सञ्जय लामाले गर्नुभएको छ । मन्सु लामा,कुमार लामा,उर्मिला वाइबा,उदास लामाको अभिनय रहेको यो गीतमा जयन कुमार मोक्तानले निर्देशन र इडिट गर्नुभएको हो ।
भिडियो सहित

प्रतिक्रिया