जापानमा हुने नेवा: नसा नख:(नेवार फूड फेस्टिवल )मा नेवा:सुपर स्टार पुरस्कार घोषणा हुने

इनेप्लिज २०७४ माघ १२ गते २३:५८ मा प्रकाशित

वर्ल्ड नेवा: अर्गनाईजेशन जापानको आयोजनामा टोकियोको इकेगामि काइकान हलमा हुन लागेको पहिलो नेवा:नसा नख: (नेवार फूड फेस्टिवल ) ११३८ मा नेवा:सुपर स्टार पुरस्कार घोषणा हुने भएको छ l

नेवार सिने कलाकारुहरुलाई प्रोत्साहन स्वरुप दिइने उक्त रकम एक मुस्त एक लाख रुपैंयाको हुनेछ l प्रत्यक वर्ष एक जना नेवा:सुपर स्टार घोषणा गरि उक्त पुरस्कार दीईने छ l

नेपाल भाषा कला – संस्कृति उत्थानका लागि प्रत्यक नयाँ वर्षमा एक आर्थिक सहयोग अभियान अन्तर्गत उक्त पुरस्कारको घोषणा हुन लागेको हो l

यस अभियानलाई सफल तुल्याउन संसार भरका सम्पूर्ण नेपालीहरुलाई आर्थिक सहयोग गर्न संस्थाका संयोजक सुनिल कुमार शाक्यले आव्हान गरेको छ l

स्मरण रहोस नेपाल सम्बत ११३७ को उपलक्षमा नेपाल भाषा मचा सिरपा (नेपाल भाषा बाल पुरस्कार ) अन्तर्गत हाल सम्म १८ जनाको सहयोगले १८ लाख रुपैंया आर्थिक संकलन भई अक्षय कोष खडा भई सकेको छ l

 

प्रतिक्रिया