शनिबार, साउन ९ २०७८
काठमाडौं २३:३८
वासिङटन डिसी 13:53

‘अनुराग’को ‘कान्छा दाई गाना बजाइदेउन’मा कार्टुन क्रुका सरोज

इनेप्लिज २०७४ माघ ९ गते ०:३९ मा प्रकाशित

काठमाडौं, ८ माघ । युटुबमा निकै ख्याती कमाएका कार्टुन क्रुले थुप्रा गीतको कभर डान्स र थुप्रा गीतमा नृत्य गरेका छन् । फिल्म अनुरागको एउटा क्लब डान्स गीतमा कार्टुन क्रुका कोरियोग्राफर तथा लिड डान्सर सरोज अधिकारीले फिचर गरेका छन् ।’

कान्छा दाई गाना बजाइदेउन’ बोलको गीतमा नायिका एलिजा गौतम र सरोजले फिचर गरेका हुन् । गीतलाई ताराप्रकाश लिम्बुको संगीतमा तारा र ममता गुरुङले गायका हुन् । बिक्रम स्वारको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा सरोज जस्तो डान्सर भैसकेपछि पक्कै जोडदार नृत्य हुने अनुमान गर्न सकिन्छ ।

गीतको शुटिंग सकिसकेको र छिट्टै गीत सार्वजनिक गरिने ’अनुराग’बाट आफ्नो डेब्यु निर्देशन गरेका सत्यराज चौलागाईंले जानकारी दिए । साथै फिल्मको २ वटा गीत बाहेक अरु सबै शुटिंग समाप्त भएको पनि उनले बताए ।

फिल्ममा नव नायक समुन्द्र पण्डित र नायिका एलिजा गौतमको मुख्य भूमिका रहेको छ । एरिका फिल्म्सको ब्यानरमा एक भिन्न सांगितक प्रेमकथालाई बोक्ने ’अनुराग’मा किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, रामकुमार के.सीको छायांकन रहेको छ ।

प्रतिक्रिया