शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०६:४५
वासिङटन डिसी 21:00

दाङलार्इ राजधानी नबनाएको विरोधमा राजीनामा दिने राज्यमन्त्रीको घोषणा

इनेप्लिज २०७४ माघ ८ गते १३:४७ मा प्रकाशित

८ माघ, दाङ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले पदबाट राजीनामा दिने भएका छन् । अस्थायी मुकाम दाङ नतोकेकोमा आक्रोशित चौधरी भर्खरै दाङबाट काठमाडौं पुगेका छन् ।  चौधरीले आफूले नैतीकताका आधारमा राजीनामा दिन थालेको जानकारी दिए ।

 

प्रदेशको अस्थायी मुकाम दाङ तोक्ने आधार हुँदाहुँदै प्रधानमन्त्रीले नेताहरुको दबाबमा बुटवललार्इ अस्थायी मुकाम तोकेको चौधरीको आरोप छ ।

दाङबाट प्रदेशसभा सांसदमा निर्वाचित चौधरी देउवाका विश्वासपात्रको रुपमा चिनिन्छन् । ‘प्रधामन्त्रीले गम्भिर गल्ती गर्नुभएको छ’ उनले भने, ‘अब प्रदेशसभाबाट दाङ राजधानीका लागि पहल गर्छु ।’

प्रतिक्रिया