काठमाडौंको भित्री क्षेत्रमा फुटपाथका पसल हटाउन माग

इनेप्लिज २०७४ माघ ८ गते १३:२३ मा प्रकाशित

काठमाडौं, माघ ८ । काठमाडौंको भित्री क्षेत्रमा स्थानीयहरुले फुटपाथका पसल हटाउन माग गरेका छन् ।

न्हयाउँ निभा पुचले सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाउँदै फुटपाथका पसल हटाउन माग गरेको हो ।

आफूहरुलाई विकल्प नदिइ सहरका भित्री भागमा चारपांग्रे सवारी–साधन प्रवेशमा निषेध गरिएको भन्दै उनीहरुले फुटपाथ पसल हटाउन र सवारी निषेधको विषयमा छलफल गरेर अघि बढ्न माग गरेका हुन् ।

चारपांग्रे सवारी निषेध गर्दा भित्री सहरमा रहेका स्कुल, बजारलाई नकरात्मक असर परेको सो संस्थाको दाबी रहेको छ ।

मेयर शाक्यले सो विषयमा आफूले स्थानीयसँग छलफल गरी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया