लेगोस , नाइजेरिया ।गैर आबासिय नेपाली संघ नाइजेरिया द्वारा आज लेगोसको याबा स्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रीटमेन्ट होम स्कुलमा संघका तर्फ बाट विद्यार्थीहरुलाई खाधान्न लत्ता कपडा लगायतका सामाग्रीहरु एक बिशेष कार्यक्रम बिच स्कुलका प्रीन्सिपल म्याडम रबियुलाई हस्तान्तरण गरिएको छ ।
संघले गत तिहारमा देउसी खेली संकलन गरेको रकम कर्मदेशमा परोपकारी कार्यमा पहिलो चोटि सहयोग प्रदान गरेको हो । कार्यक्रममा संघका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा ,नाइजेरिया अध्यक्ष जनक बिष्ट ,आइसिसी सदस्य चिरञ्जीवी रोका ,महिला उप संयोजक मन थापा ,उपाध्यक्षहरु उर्मिला रोका र बिश्वास पौडेल , महासचिब रोशन थापा ,कोषाध्यक्ष रोहित भाङ्गर , महिला संयोजक अन्जु पौडेल ,सदस्यहरु दुर्गा बिस्ट ,आशा सरकार लगाएतको उपस्थिती रहेको थियो ।
सन १९६० मा स्थपित उक्त स्कुलमा ४५० जना सुस्त मनस्थितिका बिद्यार्थी हरु आबाशिय रुपमा अध्ययनरत छन l
प्रतिक्रिया