पार्टी विशेषको झण्डा बोकेर उर्लेको र्‍याली होईन यो : विकृति मेटाउने प्रयास हो !

इनेप्लिज २०७४ माघ ५ गते २२:२७ मा प्रकाशित

यो भिड कुनै राजनितिक पार्टिको बिजय जुलुशको होईन । नत कुनै मेला महत्सवको नै हो मानिसहरु हातमा पर्चा, पम्लेट, झण्डाहरु सहित विविध नाराहरु गुन्जाउदै घरघरबाट सडकमा उत्रिएका छन् । सबैका अनुहारमा हौसला उमँग देखिन्छ, यो भिड लागुऔषध दुर्व्यसनि विरुद्धको हो । लागुऔषध बिरुद्धको अभियानमा जुट्न आमनागरीकलाई आत्मियता प्रदान गरेको छ् कास्की प्रहरीको लागुऔषध विरुद्धको यो महाअभियानले ।

त्यसैले विश्व समस्याका रुपमा मालाउदै गईरहेको लागुऔषध दुर्व्यसनीको नियन्त्रणन गर्न आम सर्वसाधरणहरुको यो सहभागिता ऐतिहासिक छ । कास्की प्रहरीले सुरु गरेको लागुऔषध नियन्त्रणको महाअभियान अन्तर्गत पोखरामा शुक्रबार बृहत सचेतना र्‍याली पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि. सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । (विस्तृतमा हेर्नुहोस भिडियोमा )

https://www.youtube.com/watch?time_continue=7&v=NoPw7rxiyZM

प्रतिक्रिया