जीवनका रंगहरु ( Colors of Life) :चन्द्र लामा तथा बिना खडका लामा

इनेप्लिज २०७४ माघ १ गते २३:२७ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्ने छौ l

यस पटकको प्रस्तुतिमा हामीले अमेरिकाको डिसी महानगर क्षेत्र को भर्जिनियाका जोडी चन्द्र लामा तथा बिना खडका लामा लाई निम्त्याएका छौ l दुवै जना उशुका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हुन् l बिना खडका लामा भर्जिनिया को सेन्टरभिलमा स्थापित नेपाली पाठशाला कि संचालक पनि हुन् l

प्रस्तुतकर्ता “सुवास ढकाल “

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?

एक वरदान हो जसको सदुपयोग गर्नुपर्छ I

२) खुशी (Happiness) के हो ?

सन्तोष को अर्को नाम I आफ्नो सन्तुस्टी को दायरा तोक्न सकेमा त्यहिँ बाट सुख खोज्न सकिन्छ I सन्तोषम् परम् सुखम् I

३) कर्तव्य (Responsibility) के हो ?

आफुले जानेर वा नजानेर कसैको अहित नगर्नु I

४) सम्बन्ध (Relationship) के हो ?

एक अर्का बीचको विश्वास र माया को कडी I

५) आत्मीयता (Intimacy) के हो ?

एक अर्का बीच को अगाध आस्था, अन्तरआत्मा बिचको गहिरो मिलन तथा आदर I

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् ,अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता “सुवास ढकाल “

प्रतिक्रिया