क्यानेडियन नेवाः गुथि को यूबा समुह द्वारा नब आगन्तुकहरुको लागि कार्यक्रम

इनेप्लिज २०७४ माघ १ गते ५:५३ मा प्रकाशित

टोरोन्टो, क्यानेडियन नेवाः गुथि को यूबा समुहले हालै डाउन टाउन टोरोन्टोमा नेपाली नब आगन्तुकहरुको लागि बसोबासको क्रममाअत्याबश्यक हुने सूचना सम्बन्धि कार्यक्रमको पहिलो चरण सम्पन्न गरेको छव सो कार्यक्रममा नब आगन्तुकहरुले दैनिक जीबन यापनमा आई पर्ने कठिनाई बिषयमा डा. गोबिन्द सिं रावत तथा अध्यागमन बिसेषज्ञ मूगा राजभन्डारी्ले सूचना प्रबाह तथा छलफल गराउनु भएको थियो भने बाल बालिकाको सुबिधा सम्बन्धमा हरि घिमिरे तथा अर्सना श्रेस्थले आबश्यक जानकारी दिनु भएको थियो । कार्यक्रममा सह्भगिहरुको जिज्ञासालाई श्रोत ब्यक्तिहरुले उत्तर दिएका थिए।

कार्यक्रममा क्यानेडियन नेवाः गुथि का उपाध्यक्ष उत्तम माकजूले सन्स्थाको परिचय दिनु हुन्दै युबाहरुलाई सशक्तिकरण गरि सामुदायिक सेवा मार्फत क्षमता अभिबृद्दि गर्ने यस कार्यक्रमको उद्देश्य हो भन्नु भयो। सो कार्यक्रमको सन्चालन युबाहरु आयशा गुरुङ, आयुश्ना श्रेस्थ, रोदेशा शाक्य, सर्बज्ञ श्रेस्थले गरेका थिए ।

क्यानडाको ओन्टारियो राज्यको अध्यागमन तथा नागरिकता मन्त्रालयको सहयोगमा तथा क्यानेडियन नेवाः गुथि आयोजनामा संचालित सो कार्यक्रमले युबाहरुकै सक्रियतामा नब आगन्तुकहरुकोलागि सहयोग हुने रोजगार, स्वास्थ्य, महिला सशक्तिकरण , आर्थिक साक्षरता लागायतका बिषयमा यहि मार्च महिना भित्र कार्यक्रम संचालन गरिने लक्ष रहेको कार्यक्रम संयोजक नबिन श्रेस्थले बताउनु भयो ।सो कार्यक्रम नब आगन्तुकहरुको लागि धेरै नै फाइदाजनक भएको एक सहभागिले जनाए ।

प्रतिक्रिया