सौजन्य बचतको साधारण सभा

इनेप्लिज २०७४ पुष २९ गते २३:४३ मा प्रकाशित

रत्ननगर, चितवन  । रत्ननगर १० मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको छैठौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । रत्ननगर नगर कार्यपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष विनोद रेग्मीले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना तथा लेखा समिति संयोजक वावुराम गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि उपमेयर विमला दुवाडीले नगरवासीहरुको जीवन स्तर उकास्न सहकारी संस्थाले भूमिका खेल्दै आएको बताईन ।

संस्थाका अध्यक्ष रेग्मीले संस्थाको कार्यक्षेत्र भित्रका वासिन्दालाई वचत गर्ने बानिको विकास गरी उनीहरुको आर्थिक उपार्जनमा सौजन्य बचतले सहयोग गरेको दावी गरे । कार्यक्रममा संस्थाका सल्लाहाकार तथा शेयर सदस्य शिशिर सिंखडा,सचिव लीलानाथ अर्याल,शेयर सदस्यहरु परशुराम घिमिरे,शोभा लामिछाने,व्यवस्थापक श्यामन्तमणि लामिछाने लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धर्मध्वाज लम्सालले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया