अमेरिकामा नेपाली नेपाली बीच मुद्धा दायर ,नेपाली सङ्घ सँस्थामा लाग्नु एक पटक सोच्ने कि ?

इनेप्लिज २०७४ पुष २९ गते १८:३३ मा प्रकाशित

विजय थापा ,अमेरिकामा अब कुनै पनि राष्ट्रिय तथा क्षेत्रीय स्तरमा रहेका नेपालीहरु द्वारा खोलिएका /स्थापित मुनाफा रहित सामाजिक संस्था विवाद ,झगडा तथा अदालतमा पुग्ने कुरा नयाँ र नौलो नरहने भएको छ l यसो भन्दैमा सवै संघ/सँस्था जुनै जोगी आए पनि कानै चिरेका भन्ने चाही हैनन् l विश्व कै सवै भन्दा ठूलो प्रजातन्त्र को देश मा न्याय माग्न पाईन्छ l

आफूलाई राष्ट्रिय स्तरमा सर्बाधिक शक्तिशाली तथा हैसियत भएको सोचाई राख्ने र नेतृत्वमा गर्व गर्ने अधिकांश नेपाली गैर मुनाफा सामाजिक संस्था अछुतो नरहने भएका छन् l घर भित्रको विवाद बाहिर आउने ,बाहिर बाट सामाजिक संजालमा ब्यापकता पाउने र त्यति मात्र सीमित नभई पटक पटक अदालत धाउने अब सामान्य भै सकेको छ l

यो सवै केवल कुर्सि प्राप्तको लागि नेपाली नेपाली बीच भै रहेको महाभारतको ज्वलन्त उदाहरण अमेरिकाको नर्थ क्यारोलिनामा स्थापित प्रख्यात नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा ) यस्को पछिल्लो भागिदार बनेको छ l कहिले विवादको “वि “मा पनि नमुछिएको संस्था माथि व्यक्तिले मुद्धा दायर गरि अमेरिकामा नाम चलेका संस्थाहरु कै सूचीमा मुद्धा लागेको संस्थामा परेको छ l

स्मरण रहोस ,अमेरिकामा संघ/संस्था बिना मुखमा माड लगाउन पाईदैन भन्ने सोचाई पूर्ण गलत अदालती मुद्धाले प्रष्ट पारेको छ l अब अमेरिकामा नेपाली नेपाली बीच भाईचारा बिदेशमा हरेक नेपाली १३ दिने दाजुभाई जस्तै हुन् भन्ने अब कुनै एकादेशमा नेपालीहरु यस्ता थिए भन्ने मात्र रहने भएको छ l बिडम्बना को कुरा के छ भने हामीलाइ परदेशी माटोमा पनि कुर्सिको चरम मोह रहेको यस्ले देखाएको छ l

नासामा हालिएको मुद्धाले अबका दिनमा संघ/संस्थामा लाग्ने कि नलाग्ने भन्ने हामीलाई सोच्न बाध्य बनाई दिएको छ l अमेरिकामा संघ/संस्था बिना हामीहरुको हातखुट्टा नै नचल्ने हो कि भन्ने हामीमा यस्तो विचार भएकोले त हैन भनि सवाल उब्जेको छ ? अवैतनिक तथा स्वयम् सेवक रुपमा व्यस्त समय निकाली नेपाली संघ तथा संस्थामा समय दिनु भनेको पूर्ण गलत त हुने छैन ? के को लागि हामि समाज सेवा गर्ने ? अदालतमा तारिख धाउन को लागि समाज सेवा ? त्यस्को बदलामा परिवार ,आफ्नो जीवन विकास तथा वृद्धि गर्न ध्यान दिए हामी सबैको भलो हुने हैन ?

नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा ) का निष्कासित तथा पूर्व कार्यकारी उपाध्यक्ष सुशील नेपालले आफूलाई अन्याय परेको भन्दै न्याय पाऊ हानी संस्थालाई पुनर्बहाली गर्न र केही क्षति पूर्ति सहितको मांग राख्दै डिसेम्बर २१ तारिख २०१७ का दिन मुद्धा दायर गरेका छन l

उनलाई संस्थाको बिधान अनुसार साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको थियो l नेपाललाई नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )को बिधानको धारा ५ ,परिच्छेद १ को उपधारा १ अनुसार कारवाई गर्दै निस्काशित गरेको हो l

उनले गत सेप्टेम्बर १ देखि ३ ,२०१७ मा नर्थ क्यारोलिनाको सार्लोट शहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायिका निक्की कार्की माथि दुर्व्यहार गरि संस्थाको मान मर्यादा तथा छविमा आँच ल्याएको भन्दै कार्यकारी समितिको बैठकको बहुमतले उनलाई साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको थियो l निक्की कार्कीले पनि सामाजिक संजालमा नेपालले के के गरे भनि प्रत्यक्ष प्रसारण गरेकी थिइन् l

बिधानको साथै संस्था को छबिलाई उच्छृंखल गतिबाट अहितकर बनाएकोले गत सेप्टेम्बर २३ तारिख शनिबार कै दिन देखि लागु हुने गरि निस्काशन गरेको निर्णय नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )का अध्यक्ष माधव ढकाल तथा महा सचिब कृष्ण श्रेष्ठ द्वारा जारी छापा बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको थियो l

फाइल न १७ सियुसी २३३७६ रहेको उक्त मुद्धा सुशील नेपाल ले संस्थाका अध्यक्ष माधव ढकालको नाममा जारी गरेका छन् l वादी सुशील नेपाल २०१५ -२०१७ का कार्यकारी समितिका सदस्य तथा २०१७ -२०१९ का लागि सेप्टेम्बर ३ तारिख कार्यकारी उपाध्यक्ष समेत रहेका थिए l

उक्त मुद्धा दायर पत्रको चौथो दावीमा आफ्नो अधिवक्ताको कानूनी खर्च तथा आफ्नो ख्यातिको क्षति भएकोले दावी गर्दै $ २५ हजार डलर भन्दा ज्यादा नर्थ क्यारोलिना को कानून अनुसार संस्थाले बेहोर्नु पर्ने उक्त कुरा लेखिएको छ l

पटक पटक नेपालको मुद्धा फिर्ता लिन संस्थाका पूर्व पदाधिकारीहरुले उनलाई निष्काशित गरेको बिषयमा लिएर पुनर्बहाली गर्ने दवाव दिंदा अध्यक्ष माधव ढकालले संस्थाको छबि बिग्रिएको हुनाले कसैलाई दवाव नदिन सामाजिक संजालमा लेखेका थिए l वादी शुसिल नेपालले पनि आफू निर्वाचनमा शानदार बिजयी भएकोले आफूले कुनै कसुर नगरेको भन्दै पुनर्बहालीको माग गर्दै आएका थिए l

अमेरिकामा यसरी विवाद ,झगडा ,मुद्धा मामिलामा चरम रुपमा मुछिने राष्ट्रिय स्तरका मुनाफारहित सामाजिक संस्थाहरुमा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ),दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए ),एनआरएन ,नेपाली जन सम्पर्क समिति अमेरिका ,अमेरिकामा रहेका तराईवासिहरुका संस्था ,नासा ,जनजाती महासंघ अमेरिका (फिफना)आदिहरु पनि यस चपेटामा परि सकेका छन् l

स्मरण रहोस अमेरिकामा रहेका सबै सघ/संस्थाका आफ्नै बिधि बिधान हुन्छन l अन्याय परेको जो कसैले त्यहि बिधानको मातहतमा रहेर न्याय खोज्ने प्रष्ट अन्य बिकल्प पनि हुन्छ l साधारण सभा तथा बिशेष साधारण सभाले पनि यस्ता बिषयलाई छलफल गरि निर्णयमा पुग्ने सकिने भएता पनि यसलाई बेवास्ता गर्दै सोझै अदालत जानु भनेको अमेरिकामा रहेका अमेरिकन वकिललाई पोस्नु मात्र हुनु हुनेछ l यसले कसैलाई पनि फाईदा गर्ने छैन l समुदायहरु यस्ता बिषयमा एकै ठाउँमा बसेर समाधान गर्ने मार्ग खोज्न चाहन्छन l अमेरिकामा रहेका कुनै संघ/संस्था तथा कुनै पनि व्यक्तिले यस्तो अपनाउनु नपरोस l

प्रतिक्रिया