बज्जिकालाई नगरभाषा बनाउन ज्ञापनपत्र

इनेप्लिज २०७४ पुष २८ गते ११:४१ मा प्रकाशित

सञ्जय मित्र, रौतहट
बज्जिकालाई नगरको कामकाजी भाषा बनाउन तथा नगरको तर्फबाट भाषा, साहित्य र संस्कृतिको लागि सकारात्मक काम गर्न एउटा टोलीले रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा फिरोजलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै कुशवाहाले भाषा तथा संस्कृतिमा लागेका व्यक्ति र संस्थाको सहकार्यमा आफूले सकेको काम गर्ने प्रतिबद्धता जनाउँदै बज्जिका भाषाको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । रौतहटको कटहरियामा बज्जिकार्पण साहित्यिक पत्रिकाका सञ्जय मित्र, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष श्याम सहनी चन्द्रांशु, बज्जिका भाषा शिक्षक प्रतिष्ठान नेपालका अध्यक्ष सफिन्द्रप्रसाद यादव, बज्जिकासेवी शेख चाँद अलि, राजेन्द्र साह, किशुनदयाल यादव, महेन्द्रप्रसाद झासहितको बज्जिका टोलीले कुशवाहालाई विहीवार ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया