बिष्णु माझीको मनको दियो साङ्गितिक बजार धमाका मच्चाउदै हेर्नुस भिडियो सहित

इनेप्लिज २०७४ पुष २७ गते २२:३७ मा प्रकाशित
रोशन पोखरेल , विराटनगर , पौष २७
नेपाली सांगितिक क्षेत्रमा विरही मनका यथार्थ भावहरु समेटिएका गित निरन्तर रुपमा बजारमा स्वर दिएकी गायिका विष्णु माझी र विदेशी भुमिमा रहेर पनि नेपाली संगितको क्षेत्रमा आफनो कर्णप्रिय गित ल्याउने गायक अमृत बाबु रोकायाको सुमधुर आवाजमा स्वरबद्ध लोकदोहोरी भाका “मनको दियो ” आजबाट बजारमा आएको छ । माया प्रेमको भावमा जिवनका ययार्थ भोगाइहरु समेटने प्रयास गरिएको छ ।
गायीका विष्णुमाझीको मन भित्रको बलेको दियोलाई शान्त पार्नको लागी गायक अमृतलाई उनले आग्रह गरेकी छन । आफनो मायालुलाई विदाई गर्दाको यर्थाथ चित्रण गरिएको छ । विदेशी एको आफनो प्राण प्यारो जिवनसाथीलाई मुल बाटो कुर्दाको भावहरु गितको भिडियोमा देख्न सकिन्छ ।बावु खड्काको सर्बाेकृष्ट शब्द र बावु खड्का र राज विश्वकर्माको उत्कृष्ट संगित संयोजनमा विरहीका भावहरुलाई आफनै पनको आभास दिने शब्दका मनका सिर्जनशिल भावहरु भिडियोमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , अमर शाक्यको सम्पादन , कपील लामाको निर्देशन , विमल अधिकारी र अञ्जिली अधिकारीको अभिनय मनको दियोमा रहेको छ ।
“मनको दियो ”को भिडियो लिंक

प्रतिक्रिया