पाटन संग्रहालयमा आउने पर्यटकको संख्या बढ्यो

इनेप्लिज २०७४ पुष २७ गते १३:०३ मा प्रकाशित

ललितपुर, पुस २७ गते । पाटन संग्रहालयमा आउने पर्यटकको संख्या बढेको छ । गत वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अबधिमा संग्रहालय आउने पर्यटकको संख्या एक दशमलव पाँच प्रतिशतले बढेको संग्रहालयले जनाएको छ ।

संग्रहालय र नगरपालिकाबीचमा एकद्वार प्रणाली लागू भएपछि स्मारक क्षेत्र र संग्रहालय गरेर दुवैतर्फ आउने पर्यटकको संख्या बढिरहेको छ, संग्रहालयका प्रमुख सुरेशमान लाखेले भन्नुभयो – “संग्रहालयमा अउने विदेशी र आन्तरिक दुवै पर्यटक बढिरहेका छन् ।”

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा एक लाख ७७९ आगन्तुकले संग्रहालय घुमेका छन् । गत आर्थिक वर्षमा एक लाख ७६ हजार ९०६ जना पर्यटक संग्रहालय आएका थिए ।

अहिले संग्रहालयमा मर्मतसम्भारकोे काम भइरहेको छ । मर्मतका समयमा समेत यहाँ आउने पर्यटकले सामग्री हेर्न पाउनेछन्, उहाँले भन्नुभयो, “अस्थायी प्रदर्शन कक्षमा नै सबै सामग्री राख्ने व्यवस्था मिलाएका छौँ ।”

गत वर्ष पर्यटक शुल्कबाट रु तीन करोड ३० लाख ५३ हजार ९४० संकलन भएकोे थियो भने चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु पाँच करोड ८२ लाख ६५ हजार ७५० संकलन भएको संग्रहालयले जनाएको छ ।

प्रतिक्रिया