हिजो व्यथाहरू पस्केर खाने मनहरू
सुस्केराहरू पेटभरी डर्काथिए।
ऑशुहरूले प्यॉस बुझाउथिए।
केवल “ अतृप्त चाहना- सुधारकों “ पर्तीक्षा पाल्थे।
छातीभित्र कयौ सोलाहरू लुकाउथीए।
सयौ अनीद रातहरू बनेर
मुटुमा हज़ारों गाँठोंहरू सँगाल्थे।
मात्रै अजिर्णताहरू चपाई रहन्थे।
नयनहरूलाई बर्षामा रूपान्त्रीत गर्थे।
मुटुभीत्र अनेकौ मनसुनहरू बोक्थे।
रहरहरूलाई भित्र – भीत्रै सल्काएर
केवल अन्तरात्माभीत्र खागहरू साच्थे।
काहालीलाग्दो भत्कीएका दीनहरू विताउथे।
विदम्स भैचालोहरू निलिरहन्थे।
केवल समाज र भाग्यहरूको सँझौतामा
खन्डीत शीशाहरू मनको कुनामा समोटीरहन्थे।
कृपया आज दुबै कान खोलर सुन!
आज मनहरूको “ सोचाईमा ठूलो परिवर्तन “ भएकोछ।
बादलहरू आकाशमा “आफै- आफै मडारीदै “ फाटेकाछन्।
सागरका छालहरू पनि उर्लेर रातमै “ आसान्त” बनेकाछन्।
“मनहरू आत्माको अन्तर क्षितिजबाट श्वर्णीम भएर “उदाएकाछन्।
अध्यारोहरू केवल हरूवॉहरू हुन भनेर मनहरूले बुझेकाछन्।
अनि मुस्कुराउदै प्रश्नतामा मनहरूले फ़ैसला गरेकाछन्।
बन्दगर तिम्रा सब “ हाऊगुजी हरू”!!
“अव समय सकिएको छ”! “अव समय सकिएको छ”!
उर्मिला निर्दोषी
अध्यक्ष,
अनेसास , मिजौरी चयाप्टर |
प्रतिक्रिया