देश द्रोहिहरुलाई अहिले सम्म कसैले दिन नसकेको जवाफ दिईन् यी नेपालकी छोरीले -भिडियो सहित

इनेप्लिज २०७४ पुष २६ गते २२:३३ मा प्रकाशित
भर्खरै एकजना चुच्चे टोपीधारी बकुल्लो मेरो बिचारको बिस्कुनमा चारो टिप्न आयो। चारो टिप्यो त ठीकै थ्यो तर त्यहि बिस्कुनमै छाद्ने र छेर्ने काम गर्न थालेपछि मैले पनि झट्टिले हान्नै पर्ने परिस्थितिको सृजना भयो। अन्त्यमा टोपीधारी गिरोह “मलाई आक्रमण गर् तर मेरो टोपी नचला ” पो भन्छ त गाँठे। मैले भने , “तेरो टोपी चलाउन, खुम्च्याउन र बटार्न मलाई कुनै सोख छैन , तर देश डुबाउने पातकीहरुका बिरुद्द मैले आवाज उठाँदा तेरो कन्पारो तात्छ, तिनै देशद्रोहीका गाला नचाटी, पाउ नमोली, तिनीहरुका जुँगामा अड्किएर झर्नै लागेको घुसको एक थोपो जल नचाखी तेरो चित्त बुझ्दैन भने तेरो टोपी चलाउने मात्र होइन च्यातेर फ्याँकिदिन मलाई कुनै आईतबार पर्खनु पर्दैन, किनकी देश बेच्नेहरुले दिएको कमिसन खाएर तँलाई टोपी लाउने कुनै अधिकार छैन , त्यसैले पहिला टोपीको महत्व , ईमान , सम्मान र गरिमालाई थाम्न सक्ने मजबुत टाउकोको निर्माण गर अनिमात्र टोपी लगा र मेरो टोपी नछो भन्ने हिम्मत राख, तेरो टोपीको सम्मान त्यसपछि गरौंला…।” मैले यति भनिसक्न नपाउँदै त्यो टोपीधारी बकुल्लो उडिसकेको थियो।
 
हुनपनि आज देश लुट्नेहरु वास्तवमा साधुको भेषमा डकैती गरिरहेछन्, पुजारी बनेर मुर्तीको ब्यापार गरिरहेछन्, डाक्टर बनेर मृगौला चोरीरहेछन् अनि आज तिनै दौरासुरुवालधारी केहि गुण्डाका जमातहरु देशको साँचो हात लिएर सामूहिक रुपमा राज्यको ढुकुटी दोहन गरिरहेछन् । कालोकोट र तिनचुच्चे टोपीवाला फटाहाहरु कानुन हातमा लिएर आज सर्वोच्च अदालतका मालिक बनेका छन्।
यहाँ दौरासुरुवाल र टोपीको मर्यादा पालना गर्ने भए त टोपीवाला अोली, प्रचण्ड, देउवा लगाएत बिगतका टोपीधारी नेताहरुले देशलाई किन यस्तो लाजमर्दो स्थितिमा पुर्याउँथे? केपीले टोपी लगाएरै महाकाली बेचे, गिरिजाबाबुले पनि टनकपुर टोपी लगाएरै बेचेका हुन्।अदालतका गुण्डाहरुले कालो कोट लगाएरै बर्षौं देखि न्यायको बलात्कार गरे,कानुनको धज्जी उड़ाए, पदको मान, मर्यादा र साखलाई माटोमा मिलाए। 
 
बाँकी हेर्नुस् भिडियोमा। 

प्रतिक्रिया