अम्रिका हाइकु ………………

इनेप्लिज २०७४ पुष २६ गते २२:११ मा प्रकाशित

– प्रकाश पौडेल ‘माइला’

डीसिको जाडो
न्युयोर्कको तुषारो
खप्न भो गाह्रो ।

अम्रिका यात्रा
लुगलुगे जाडोले
मुटु कमायो ।

हिउको थुप्रो
ह्वाइट हाउस अघी
पैदल यात्री ।

न्युजर्सी डुल्दै
गल्लीहरु छिचोल्दै
पानीमा रुझ्दै ।

चिल्लो सडक
उस्तै चिल्लो हृदय
नेपाली मन ।

( कवि प्रकाश पौडेल ‘माइला’ अन्तरास्ट्रीय नेपाली साहित्य समाज ( अनेसास ) केन्द्रीय कार्यसमितीका उपाध्यक्ष हुनुहुन्छ )

प्रतिक्रिया