‘बोबी’को प्रिमियर नर्वेमा हुने, उमेश र कविताको बास्तविक प्रेमकथा पर्दामा

इनेप्लिज २०७४ पुष २६ गते १२:५६ मा प्रकाशित

रियल लाइफमा समेत जोडीको रुपमा रहेका उमेश थापा र कविता गुरुङको प्रेमकथामा तयार भएको चलचित्र ‘बोबी’को भव्य प्रिमियर नर्वेमा हुने भएको छ । नर्वेमा नै अधिकांश दृश्य छायांकन गरिएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

यो चलचित्रको प्रिमियर नर्वेको मल्टिप्लेक्समा हुनेछ, जहाँ हलिउडका ठूला चलचित्रको समेत पि्रमियर भैसकेको छ । यो चलचित्रलाई नर्वेमा स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनीले प्रदर्शन गर्न लागेको हो । मे १० मा चलचित्रको भव्य प्रिमियर हुने निर्देशन मिलन चाम्सले जानकारी दिएका छन् । यो चलचित्रमा उमेश र कविताको साथमा विजय लामा, रुवि राना, रवि गिरी, सुरविर पण्डित, पुणिर्मा लामा लगायतका कलाकारको मुख्य भूमिका छ ।

नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन छ । चलचित्रको नेपाल प्रदर्शन मिति तय गरिएको छैन ।

प्रतिक्रिया