न्यू योर्कमा नेपालीहरुले रक्तदान गरे

इनेप्लिज २०७४ पुष २४ गते २३:४४ मा प्रकाशित

जनवरी ७, २०१८ । लङ आईल्याण्ड नेपाली समाज न्यू योर्कले रक्तदान कार्यक्रम आयोजना गर्‍यो । उक्त कार्यक्रममा २१ जनाले आ-आफ्नो पाखुरामा सुइ घुसारी प्लाष्टिकको थैला भरी रक्तदान गरे । १२ जनाले प्रारम्भिक स्वास्थ्य परिक्षणमा मापदण्ड पुरा हुन नसकेकाले रक्तदान गर्न पाएनन ।

बाह्र बजे देखी छ बजेसम्म हुने भनिएको कार्यक्रममा अत्यधिक चिसोको कारणले एक घण्टा ढिलो सन्चालन गरी चार बजे नै बन्द गरेकाले २२ जनाले रक्तदान गर्न पाएनन । रक्तदान गर्ने स्थानमा तापक्रम कम्तिमा सोह्र डिग्री सेल्सियस हुनु पर्नेमा बाहिर माइनस दश डिग्री सिल्सियस भएकाले हलभित्र हिटरले पनि काम गरेको थिएन । रक्तदान गर्न त्यस्तो चिसोको पनि पर्वाह नगरि ‘मैले दान गरेको रगतले कसैको जीवन बचोस भन्ने भावनाले’ करिब ४० कि मि टाढा देखि नेपालीहरु रक्तदान गर्न आएका थिए ।

निम्न माद्यमिक बिद्यालयमा पढ्ने नेपाली समाजका भाईबहिनिहरुले स्वयम-सेवा प्रदान गरेका थिए । महाबाणिज्य दुतावास, न्यू योर्कका डिपुटी कन्सुलर जनरल पुष्पराज भट्टराईले स्वयम सेवक तथा रक्तदाताहरुलाई कदर पत्रले सम्मान गरेका थिय । संस्थाका अध्यक्ष टिका ढकाल र कार्यक्रम सयोजक राजन गौलिको सकृयातामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया