नेपाली कांग्रेस युरोप : बिघटन की जीवित ?

इनेप्लिज २०७४ पुष २३ गते २२:०४ मा प्रकाशित

बिजय शर्मा दर्पण ,स्विटजरल्याण्ड । नेपाली कांग्रेसको युरोप संगठन ठूलो तामझामका साथ गठन भएको थियो, जर्मनीको बर्लिनमा । त्यति बेला कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइराला आएर कांग्रेसलाई युरोपभरि सशक्त संगठन बनाउने उद्घोष गर्दै गठन गरिएको थियो । सन् २००६ मा गठन भएको युरोप कांग्रेस अहिले युरोपका सबै देशमा छरिएर बलियो बन्नु पर्ने हो । तर बिगत ११ वर्षको यो ईतिहासमा संगठन बलियो बन्ने त कता कता । बरु संगठननै घिटिरघिटिर भएको अवस्था छ । बरु नेपाली कांग्रेसको बिधान अनुसार यो संगठन स्वत : बिघटन भएको छ । तर नेपाली कांग्रेस युरोप भन्दै अनेक नाममा प्रचार गर्ने र युरोप कांग्रेसको नाममा राजनितिको आभास भने देखिएकै छ । प्रश्न फेरि पनि उठ्छ, के युरोप कांग्रेस मृत भएको हो ? जीवित हो भने कहाँ छ ? मृत भैसकेको हो भने यसका नाममा राजनीति किन ?

फ्र्यान्क्फार्ट भेलामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे आफै उपस्थित हुनु भएको थियो । नेपाली कांग्रेसको युरोप संगठनको औचित्यका बारेमा नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसंपर्क समिति स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटाको भनाई सान्दर्भिक छ । उनको भनाईमा ३१ जुलाई २०१७ सम्म युरोप कांग्रेसको अधिबेशन हुनुपर्ने बैधानिक नियम थियो । त्यो समयमा हुन सकेन । पहलपनि हुन सकेन । त्यो मितिमा अधिबेशन नभएपछि बिधानत नेपाली कांग्रेस युरोप स्वतह बिघटन हुन्छ । अब यसका नाममा राजनिति गर्ने आधारपनि बाँकि छैन ।

नेपाली कांग्रेस युरोप भन्ने संगठनको बैधानिक आधारपनि छैन । अब यसलाई पुन बैधानिकता दिने हो भने फेरि नेपाली कांग्रेस युरोपको नाममा तदर्थ समिति गठन गरिनुपर्छ । र त्यसलाई केन्द्र सित मिलाएर बैधानिकता दिएर अधिबेशन गरिनुपर्छ । सापकोटाका अनुसार हाल नेपाली कांग्रेस युरोप संगठनलाई पुनर्जिवित गराउनकालागि छलफल चलिरहेको छ । आन्तरिक बहसहरु भएका छन् । यथाशिघ्र तदर्थ समिति बनाएर अगाडि बढ्ने प्रयास भै रहेको पनि सापकोटाले जानकारी दिए ।

नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सका बरिष्ठ सल्लाहकार हरि पौडेलको तर्कमा पनि अब केन्द्रिय समितिले नेपाली कांग्रेस युरोप संगठनका बारेमा बोल्नुपर्छ । सन् २०१७ को जुलाई ३१ मा अधिबेशन नगरेमा स्वत बिघटन हुने प्रावधान हो भने केन्द्रिय कार्यालयले यसको छिनोफानो गरेर नयाँ कमिटी गठन र अधिबेशनका लागि निर्देशन दिनु पर्छ ।

अब के हुन्छ ? के हुदै छ ? अधिबेसन गर्ने की नगर्ने बिषयमा निबर्तमान अध्यक्ष दिल गुरुङ संग जवाफ माग्दा केहि जवाफ दिन सक्नु भएको छैन ।

प्रतिक्रिया