कठांग्रिएर रौतहटमा पाँचको मृत्यु

इनेप्लिज २०७४ पुष २३ गते १४:१२ मा प्रकाशित

सञ्जय मित्र, रौतहट
अत्यधिक जाडोले कठांग्रिएर रौतहटमा आइतबारसम्म पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परोहा नगरपालिका २ जिंगडवाका ४५ वर्षका शेख समिम, ९ रामपुरखापका ६५ वर्षीया मरठियादेवी कुर्मी, राजदेवी नगरपालिका ७ मुडबलवाका ७५ वर्षका अयोधी राय यादव, गढीमाई नगरपालिका ४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजाम र सर्लाही घर भई गढीमाई नगरपालिका १ समनपुरमा संचालित इँटा उद्योगमा कार्यरत ५५ वर्षका नेक महम्मद अली रहेका छन् ।

लगातारको शीतलहरले रौतहटको जनजीवन अत्यन्त कष्ठकर बनाएको छ । दिनभरि घाम नलाग्ने र बाक्लो हुस्सु लाग्नुका साथै पश्चिमा चिसो हावा चलिरहनाले जनजीवन प्रभावित भएको हो । जाडोबाट जोगिन प्रायः स्थानीय तह, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना तथा अन्य संघसंस्थाबाट ठाउँ ठाउँमा दाउराको व्यवस्था भइरहेको छ भने विभिन्न संघ संस्थाद्वारा विपन्न तथा दलित बस्तीमा कम्बल बाँड्ने काम पनि भइरहेको छ ।

प्रतिक्रिया