काठमाडौँ, २२ पुस :अहिलेको चर्चित लोक तथा दोहोरी गायिकाहरु मध्यमा खिमा सापकोटा पनि एक हुन्। उनी ४,५ बर्ष देखि गायन क्षेत्रमा लागिरहेकी छिन्। उनको सानै देखि गायिका बन्ने चाहना थियो। त्यही चाहना पुरा गर्न उनले काठमाण्डौमा प्रवेश गरिन। गीत संगीत क्षेत्रमा लाग्नमा उनको साथीहरुको पनि ठुलो योगदान रहेको छ। उनको पहिलो लोक गीत ‘कता हो दाङ गोराही कहिले नि गा छैन’ हो। उनले आवाज दिएको गीत २२, २३ ओटा छन्।
उनी भन्छिन, ‘नाम कमाउन,आफुलाई चिनाउन धेरै संघर्ष गरिरहेकी छु, घरबार जोड्ने सोच राखे भने पछाडी पर्छु त्यसकारण त्यस्तो सोच बनाएको छैन’। लोक तथा दोहोरी गीत गाउन मनपराउने खिमा सापकोटाको मोडलिंगमा पनि उतिकै रुची छ। राम्रो अफर आएमा उनी मोड्लिंग क्षेत्रमा पनि सक्रिय रहने उनी बताउँछिन्।
गायिका बन्न अरुको घरमा समेत काम गरेकी खिमा सापकोटा भन्छिन् ‘चर्चामा आउन चाहनेले दोहोरी फोहोरी बनाए’। हेर्नुहोस दोहोरी गायिका खिमा सापकोटाले पिएनपि मिडियासँग गरिएको यो कुराकानी :
https://www.youtube.com/watch?v=Up4sngdH4Jo
प्रतिक्रिया