हार्टफोर्ड काउण्टि एभरेष्ट सेन्टेनियल लायन्स क्लबको नेपाल सहयोग परियोजना

इनेप्लिज २०७४ पुष ११ गते २३:५१ मा प्रकाशित

संयुक्त राज्य अमेरिकामा नेपालीहरुको लायन्स क्लब खोल्ने अभियान विस्तारै अघि बढिरहेको छ । यसै सिलसिलामा कनेक्टिकट राज्यमा राज श्रेष्ठको पहलमा पहिलो नेपाली लायन्स क्लबको स्थापना सन् २०१६ को अगष्ट महिनामा भएको थियो । सो क्लबका सदस्यहरु सबै नेपालीहरु रहेका छन् ।

राज श्रेष्ठ संस्थापक अध्यक्ष रहनुभएको र कनेक्टिकट राज्यमा अत्यन्त सक्रिय रहेको हार्टफोर्ड काउण्टि एभरेष्ट सेन्टेनियल लायन्स क्लबको गत जुन महिनामा सम्पन्न वार्षिक साधारण सभाले अन्तरराष्ट्रिय स्तरमा समेत सामाजिक कार्य गरि मानव कल्याणमा सहयोग गर्ने उदेश्य राखि मातृभूमि नेपालमा केही मानव कल्याणको कार्य गर्नका लागि “नेपाल सहयोग परियोजना (Help Nepal Project)” संचालन गर्ने निर्णय गरेको छ । यस परियाजनाको उदेश्य नेपालका अति विपन्न शैक्षिक संस्थाको पूर्वाधार निर्माणमा र प्राकृतिक प्रकोपमा सहयोग गर्नु रहेको छ।

तीन वर्षका लागि क्लबका द्वितीय उपाध्य़क्ष लायन शिव न्यौपाने संयोजक रहने गरि परियोजनाको शुरुवात भइसकेको छ । मातृभूमि नेपालको सेवामा समर्पित यो परियोजनाको शुरुवात संयोजक लायन शिव न्यौपाने र संस्थापक अध्यक्ष राज श्रेष्ठज्यूको अगुवाईमा निम्न कार्यहरुबाट गरिएको छ:-

1. बाढी पीडित परिवारका लागि राहत सामग्री वितरण:- लायन्स क्लब मल्टिपल डिष्ट्रिक्ट ३२५ (MD 325 Nepal Council Chairperson Lion Bal Krishna Burlakoti) को संयोजनमा, डिष्ट्रिक्ट 325 A1 का डिष्ट्रिक्ट गभर्नर लायन लिला ढुंगेलज्यूको सहकार्यमा, लायन्स क्लब अफ बिराटनगर सेन्ट्रलको आयोजना र हार्टफोर्ड काउण्टि एभरेष्ट सेन्टेनियल लायन्स क्लबको आर्थिक सहयोगमा मोरंग जिल्लामा नोभेम्बर १० तारिख, २०१७ मा डेंगो लामखुट्टेबाट पीडित एक सय बाढी पीडित परिवारका लागि राहत सामग्रीहरु – झुल, शिरक र दैनिक आवश्यकताका सामानहरु वितरण कार्य सम्पन्न भयो ।

1. विद्यालयहरुको अध्ययन/ निरिक्षण :-सहयोग आवश्यक भएका विद्यालयहरुको अध्ययनको क्रममा संयोजक लायन शिव न्यौपानेबाट भूकम्पमा पूर्णरुपमा ध्वस्त भएको पद्मोदय हाइ स्कूल र दरबार हाई स्कूल निरिक्षण भयो । संस्थापक अध्यक्ष लायन राज श्रेष्ठबाट नुवाकोट जिल्लामा रहेको छाना नभएको, शौचालय नभएको २-३ जना बाहेक शिक्षक/शिक्षिका नभएको र पुस्तकालयको नामोनिशान नभएको श्री पॉचकन्या रक्तकाली प्राथमिक विद्यालय को निरिक्षण सम्पन्न भयो ।

3. साथै, संस्थापक अध्यक्ष लायन राज श्रेष्ठको पहलमा लायन्स क्लब अफ काठमाण्डु ककनीको स्थापना भएको छ । सो क्लबका सदस्यहरुको लागि अध्यक्ष लायन राज श्रेष्ठको प्रमुख प्रशिक्षकत्वमा मिटिंग प्रोसिड्योर तालीम पनि सम्पन्न भयो । लायन्स क्लब मल्टिपल डिष्ट्रिक्ट ३२५ (MD 325 Nepal Council Chairperson Lion Bal Krishna Burlakoti) को संयोजन र पूर्व डिष्ट्रिक्ट गभर्नर तथा काउन्सिल चियरपर्सन राजन लम्सालको प्रमुख प्रशिक्षकत्वमा ओरिएण्टेशन कार्यक्रम पनि सम्पन्न भयो ।

उपरोक्त सम्पूर्ण कार्यक्रमहरु यस क्लबका सदस्यहरू, नेपाली समाजका सुभेच्छुकहरु, कनेक्टिकटका लायन्सहरु तथा नेपालका लायन्स क्लबका पदाधिकारीहरुको सहयोग र सकारात्मक सोंचका कारण सम्पन्न भएको हो ।

दोश्रो चरणको कार्यमा, अध्ययन गरिएका विद्यालयहरु मध्ये विपन्न स्थितीमा रहेको एउटा सरकारी विद्यालयको छनौट गरि सानो स्तरबाट शुरु गर्नेगरि स्थानीय लायन्स क्लबसंगको सहकार्यमा विद्यार्थीहरुको लागि अति आवश्यक कुरा स्थापित गर्ने योजना रहेको छ ।

अमेरिका तथा कनेक्टिकट राज्यका नेपाली समाज र समाजका सदस्यहरुमा प्रशस्त सकारात्मक सोंच र नेपालमा केही गरौं भन्ने भावना रहेको छ । सबैको सहयोगले परियोजनाको दोश्रो चरण सफलतासाथ सम्पन्न हुनेछ भन्ने विश्वास लिएका छौं ।

(लायन शिव न्यौपाने संयोजक, नेपाल सहयोग परियोजना तथा द्वितीय उपाध्यक्ष, हार्टफोर्ड काउण्टि एभरेष्ट सेन्टेनियल लायन्स क्लब )

समाचार पीडिएफ बाट हेर्न यहाँ थिच्नु होला :

 

 

प्रतिक्रिया