सोनी खालिङको ‘सपना’ एल्बमको ‘सम्झिदै सम्झिदै’ बोलको गीत डिजिटल बजारमा [ भिडियो ]

इनेप्लिज २०७४ पुष ११ गते १२:०२ मा प्रकाशित

भक्तपुर । रचनाकार सोनी खालिङको पहिलो एल्बम ‘सपना’को ‘सम्झिदै सम्झिदै’ बोलको गीत सार्वजनिक भएको छ । सोनी खालिङको शब्द र अहिलेका चल्तीका गायक तथा संगीतकार प्रकाश राईको स्वर रहेको गीतलाई पिएनपि मिडिया प्रा.ली.को युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गायक स्वयमकै संगीत रहेको गीतमा प्रेमीप्रेमिकाबीच हुने धोकाधडीको बिषयलाई समेटिएको छ।

सिसिआर पोखरेलले छायाँकन तथा सम्पादन गरेको गीतमा रुपा खर्बुजा र रामकृष्णको अभिनय रहेको छ। सोनी खालिङ हाल रोजगारीको सिलसिलामा साइप्रसमा छिन। बिगत लामो समयदेखि उनी गीतसंगीतको क्षेत्रमा सक्रिय कलाकार हुन् ।

सानै देखि गीतसंगीतमा रुची राख्ने सोनी गीत लेखन मात्र नभएर गायनमा समेत सौखिन छिन। भलिबल र कराते खेलाडी समेत रहेकी उनी पहिलो प्रस्तुति दर्शकहरुले मन पराइदिनेमा आशावादी छिन । उनले आगामी दिनमा पनि राम्रो प्रस्तुतिहरु लिएर दर्शकमाझ आउने प्रतिबद्धता समेत व्यक्त गरिन ।

प्रतिक्रिया