​मोडल तिर्सनाले गाईन क्रिश्चियन गीत(भिडियो)

इनेप्लिज २०७४ पुष ८ गते १२:०७ मा प्रकाशित

ग्लामर दुनियामा छुट्टै पहिचान बनाउन मोडल तिर्सना बुढाथोकी गायिकीमा पनि एक पछि अर्को गीत दिदै गएकी छिन् l बुढाथोकीले क्रिश्चियनहरुको महान् पर्व क्रिसमसको अवसर पारेर “लव मी जीसस् क्राईष्ट” बोलको गीत आफ्नै स्वरमा हालै रेकर्ड गराएकि छिन। अमेरिकामा उनले भगवानका भजन गीतहरु गाउन सुरु गरेकी छिन् l

अष्ट्रेलियाका गीतकार राम रूवालीले अँग्रेजी र नेपाली भाषा मिसाएर लेख्नु भएको उक्त गीतमा अहिलेका बहुप्रतिभावान यूवा सँगीतकार, रचनाकार तथा गायक बाबुल गिरीले सँगीत भरेका छन। सँगीतकार बाबुल गिरीले उक्त गीतमा सँगीतको साथ साथै सँगै गाएर स्वरमा पनि साथ दिएका छन। उक्त गीत अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ओम डिजीटल रेकर्डिँग स्टुडियोमा रेकर्ड गरिएको हो।

धादिँगमा जन्मिएर हाल अमेरीकाको न्यूयोर्क शहरमा बसोबास गर्दै आईरहेकि तिर्सना बुढाथोकीले यस अघि करिव २ सय वटा जति म्यूजिक भिडियो र ४ वटा नेपाली फिल्ममा आफ्नो अभिनय कला तथा प्रतिभा प्रस्तुत गरि सकेकि छिन।

अब केहि भजन तथा गीत गाएर दर्शक श्रोताहरुलाई अर्को मनोरँजन प्रदान गर्नको लागि आफू लागि परेको बताउछिन तिर्सना । सकारात्मक सोचका साथ लागि पर्यो भने प्रगतीको पथ समात्न बेर नलाग्ने बताउदै आफू सत्कर्ममा तल्लिन रहेको बताउदछिन उनी।

गीतकार राम रुवाली र बाबुल गिरीको सहकार्यमा तयार भएको “लव मी जीसस् क्राईष्ट” गीत यस बर्षको क्रिशमसको शूभ उपलक्ष्यमा उपहार स्वरूप पस्कन लागेको मोडल तिर्सना बुढाथोकीले जानकारी गराएकि छिन। विविध गीत गाउन सक्ने मोडल तिर्सना बहु प्रतिभाशाली कलाकार हुन् । उनको गायन यात्रा सफल बनोस l

https://www.youtube.com/watch?v=D1YQYDuL7Hg&feature=youtu.be

प्रतिक्रिया