एन आर एन स्विटजरल्याण्डको दोश्रो बैठकले के निर्णय गर्यो त ?

इनेप्लिज २०७४ पुष ८ गते ११:५७ मा प्रकाशित

स्विटजरल्याण्ड । गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डका अध्यक्ष भूमिराज गुरुङको अध्यक्षतामा दोश्रो कार्यसमितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । उक्त बैठकले युवालाई कसरि एन आर एन प्रति आकर्षित गर्ने , महिलाहरुको लागि कार्यक्रम के कसरी तय गर्ने, बालबालिकाहरुको लागि कार्यक्रम ल्याउनुपर्ने आदि बिषयहरुमा पनि छलफल गरिएको थियो ।

बैठकमा विगतका कार्यकालमा भएका कार्यहरुको समीक्षा, संस्थागत लगायतका अन्य सरोकारका विषयमा विस्तृत छलफल गरिएको थियो । साथसाथै स्विटजरल्याण्डमा रहेका संघ संस्था हरु संग समन्वय गरेर बार्षिक कार्यक्रमहरुको योजना तर्जुमा गरिने भएको छ ।

बैठकमा वर्तमान कार्यसमितिका पदाधिकारी अध्यक्ष : भुमि राज गुरुङ,उपाध्यक्षद्वय शिब सुब्बा र बिजय शर्मा दर्पण ,महिला संयोजक सुभा एल्मर लामा , महासचिब : शुक्र श्रेष्ठ, कोषाध्यक्ष : प्रमोद भट्ट, सचिब : दिपेन्द्र रावत, युवा : संयोजक राजेन्द्र भण्डारी प्रबक्ता सन्तोष राई का साथै सदस्यहरु डम्बर तामांग , हेलेना थपलिया , अमिना श्रेष्ठ को उपस्थित रहेको थियो ।

नब गठित कार्यसमिति लाई पूर्णता दिन एन आर एन स्विसको विधान अनुरुप संरक्षक समिति र सल्लाहकार समिति गठन गरिएको छ । संरक्षकमा स्विटजरल्याण्डका लागि नेपाली राजदुत दिपक धिताल सलाहकारमा हिराबल गुरुङ , बिनय श्रेष्ठ ,प्रितम गुरुङ,आङ्ग तेञ्जिङ्ग शेर्पा , धर्म गुरुङ , बिष्णु प्रसाद थापा ,राजु अधिकारि , केदार प्रसाद न्यौपाने , सुजन मल्ल लाई सर्बसम्मत चयन गरिएको छ । त्यस्तै सदस्यमा बर्नका कृष्ण सिवाकोटी लाई मनोनित गर्दै एन आर एन आई सी सी को ट्राफिक शिक्षा र सडक ब्यबस्थापनको सदस्यताका लागि उपाध्यक्ष शिवा सुब्बालाई छनौट गरेको छ ।

प्रतिक्रिया