ग्रेटर वाशिंगटन गुरुंग समाज ले पुष १५ ल्होछार मनाउने !

इनेप्लिज २०७४ पुष ८ गते ३:५० मा प्रकाशित

ग्रेटर वाशिंगटन गुरुंग समाजले हरेक बर्ष पुष १५ झैँ आगामी सन् २०१८ मा ल्होछार पर्व मनाउने भएको छ l यस गुरुंग ल्होछार आगामी नयाँ बर्ष जनवरी १४ ,२०१८ मा डिसी क्षेत्रको भर्जिनियाको हर्नडनमा कार्यक्रम मनाउने भएकोले सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गरेको छ l

गुरुंग ल्होछार खि ल्हो ( कुकुर बर्ग ) को शुभ अवसरमा धुमधाम रुपले गुरुंग ल्होछार मनाउने भएको छ l चर्चित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिहरु संगै विभिन्न गुरुंग जातिको पहिचान झल्काउने बिबिध सांस्कृतिक प्रस्तुति हुने छ l

स्थापना काल देखि नै आफ्नो भाषा ,भेषभुषा ,संस्कृति ,कला तथा परम्परालाई प्रवासमा रहेता पनि प्रबर्धन र जगेर्ना गर्न अहम भूमिका खेल्दै समाजले यि क्रियाकलाप लाई निरन्तरता दिने कुरामा कटिबद्ध रहेको छ l उक्त कार्यकममा योगदान स्वरुप शुल्क $ २५ डलर राखिएको छ भने १२ बर्ष तल का बालबालिकालाई निशुल्क प्रवेश हुनेछ !

ल्होछार आयोजक समिति
सयोजक ( नंद गुरुंग )

प्रतिक्रिया