नेपाली चलचित्र ” पन्चायत ” भर्जिनियामा जनवरी ७ मा प्रदर्शन हुने    

इनेप्लिज २०७४ पुष ८ गते १:०१ मा प्रकाशित


नेपालको पुरानो सामाजिक ब्यबस्था र समाजको चित्रणलाई मुख्य कथाबस्तु बनाइएको चलचित्र ‘पन्चायत’ अमेरिकाको भर्जिनियामा जनवरी ७ तारिख प्रदर्शन हुने भएको छ l

सन फ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्रमा उत्कृष्ट बिदेशी भाषाको चलचित्रमा पुरस्कृत चलचित्र को लागि नेपाल बाट स्वयम् नायक सरोज खनाल आउने भएका छन् l चलचित्र ‘पन्चायत’ मा शिबम अधिकारीको लेखन तथा निर्देशन रहेको छ ।

रामेश्वर कार्कीको छायाकन रहेको चलचित्रमा सरोज खनाल , निता ढुङ्गाना, रुपा राना , गिता अधिकारी, गणेश गिरि, जाहान्वी बस्नेत,सुचित्रा उप्रेती ,प्रकृति ढुङेल, विशाल पहारी ,किरण थापा,अश्विनी कोइराला र मुना वन मुख्य कलाकारको रुपमा रहेका छन ।

Jan. 7th Sunday 2:00 pm

at loehmann’s Plaza cinema,

7235 Arlington Blvd. Falls Church, VA,2204

प्रतिक्रिया