सोमबार, साउन १८ २०७८
काठमाडौं ०२:३६
वासिङटन डिसी 16:51

अमेरिका पत्रकार संघ, नेजा द्वारा बधाई तथा शुभकामना

इनेप्लिज २०७४ पुष ७ गते २२:०१ मा प्रकाशित

बधाई तथा शुभकामना

नेपाल अमेरिका पत्रकार संघ, नेजाका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण शर्मा अमेरिकास्थित राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भाषाबिज्ञको रूपमा नियुक्ति हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

नेपालमा सात वर्ष दि राइजिगं नेपाल अंग्रेज़ी दैनिकमा उप-सम्पादक, अमेरिकामा दि वासिङ्टन पोस्टमा करिब छ वर्ष पत्रकार र वासिङ्टन डी. सी. स्थित न्याय विभागमा भाषा शास्त्रीको रूपमा क़रीब पाँच वर्ष काम गर्दै हालको जिम्मेवारीमा पुग्न सफल शर्मा भर्जिनियाको फेयरफ्याक्समा बसोबास गर्दछन् । उहाँको नयाँ जिम्मेवारीबाट नेपाल अमेरिका पत्रकार संघ तथा नेपाली समुदाय समेत लाभान्वित हुने विश्वास राख्दछौ ।

तोया दाहाल
महासचिव, नेपाल अमेरिका पत्रकार संघ, नेजा
२२ डिसेम्बर २०१७

 

प्रतिक्रिया