प्रेमराजा महतलाई नातिकाजी राष्ट्रिय संगित पुरस्कार

इनेप्लिज २०७४ पुष ५ गते ११:४६ मा प्रकाशित

न्यूयोर्क, बरिष्ठ लोक गायक प्रेमराजा महतलाई नातिकाजी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि अमेरिका बसेर लोक संगितमा सकृय हुदंै आएका महतलाई बिदेशमा बसेर पनि लोक संगितमा सकृय रुपमा लागेकामा सम्मान प्रदान गरिएको हो ।

अमेरिकाको बाल्टीमोरमा परिवार सहित बसेर ब्यवसाय गरिरहेका महतले हरेक बर्ष जसो नेपालमा गएर बिभिन्न गितहरु बजारमा ल्याउने गरेका छन् । राष्ट्रिय गित तथा माया प्रेमका बिभिन्न गितहरु निकाल्दै आएका महत अमेरिकामा रहेर पनि बिभिन्न राज्यहरुमा प्रस्तुती दिने गरेका छन् । अमेरिकन समुदायमा समेत राम्रो सांगितीक प्रभाव पार्न सफल भएका महत नेपाल सरकारको तर्फबाट महाबाणिज्यदुत समेत हुन् ।

आफुलाई पुरस्कार प्रदान गरिएको थाहा पाए पछि महतले पुरस्कार छनौट समिती लगायत सबैलाई आभार ब्यक्त गरेका छन् । महतले आफुलाई पुरकास्कार पश्चात नेपाली गित संगितमा लाग्न थप हौसला प्राप्त भएको बताएका छन् ।

प्रतिक्रिया