स्वीटजरल्याण्ड । संसार भरि छरिएर बसेका पर्बतबाशी नेपालीहरुको बेल्जियममा भेला हुने भएको छ । पर्बतेलिहरुको छाता संगठन पर्बत समाज अन्तराष्ट्रियको आउँदो २७ तारिख बेल्जियममा हुन गै रहेको समितिको दोस्रो बैठक र बृहत भेलाको तयारी भैरहेको हो ।
गत १३ अक्टोबरको दिन काठमान्डौमा एक भेला गरि स्थापना गरेको पर्बत समाज अन्तराष्ट्रियको यस दोश्रो भेलामा ग्लोबल बैठक सहित भाबि योजना र संस्थागत बिकाश बारेमा बृहत छलफल गरिने संस्थाका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो । नछोड्नु मुलुक छोडिसकेपछि , परिवार, आफन्त, साथिभाई छोडेर बिरानो ठाउँमा पुगेपछी एक्लोपनको अवश्य महशुस सबैलाई हुन्छ । यस्तोबेला आफ्नो देश, जिल्ला, क्षेत्र, अझ गाउँकै कोहि भेटिंदा हुने खुशीको कुनै बर्णन गर्न सकिदैन भन्दै पर्बत जिल्लाबाट विभिन्न देशमा छरिएर रहनु भएका पर्बत बाशी नेपालीहरुलाई उपस्थितको लागि संस्थाले अनुरोध गरेको छ ।
त्यस्तै बैठक पश्चात डिनर सहीत चर्चित गायक बसन्त थापा र नर बहादुर बि सीको उपस्थितीमा साँगतिक कार्यक्रम समेत तय गरिएको पर्बत समाज बेल्जियमका सल्लाहकार खड्क बहादुर केसीले जानकारी दिनुभयो ।
विषय – गरिमामय उपस्थितिका लागि निमन्त्रणा
अन्तराष्ट्रीय पर्बत समाजको विशेष ग्लोबल बैठक सहित भावी योजना र संस्थागत विकास बारेमा हुन गै रहेको बृहत भेलामा यहाको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।
मिति – २७ डिसेम्बर ,२०१७ बुधबार
समय – बिहान ठिक १०.०० बजे
स्थान – Hotel De Spiegel
Stationstraat 3
9100 Sint Niklaas
Belgium
पुरन गिरि
अध्यक्ष , अन्तर्राष्ट्रिय पर्वत समाज
झलक के सि
अध्यक्ष , पर्वत समाज बेल्जियम
प्रतिक्रिया