नायिका नन्दिता केसी अभिनीत “सङ्गलो यो मन ” नया नेपाली गीतको भिडियो सार्बजनिक

इनेप्लिज २०७४ पुष २ गते १८:०५ मा प्रकाशित

विजय थापा ,डीसी ,अमेरिकाको एटलान्टा को जर्जिया बाट रिदम स्क्रिन क्रिएसन ले नेपाली चलचित्र कि अभिनेत्री नायिका नन्दिता केसी लगायत अन्य कलाकार सहितलाई समेट्दै “सङ्गलो यो मन ” नया नेपाली गीतको भिडियो सार्बजनिक गरेको छ l

एटलान्टाको जर्जिया स्थित काठमाडौँ किचेन ग्रिलमा गत डिसेम्बर १६ तारिख अमेरिकाको एटलान्टाको जर्जियामा छायाँकनको भिडियो शुभारम्भ गरेको छ l

रिदम स्क्रिन क्रिएसनले उक्त “सङ्गलो यो मन ” नया नेपाली गीतको भिडियो डिसेम्बर १७ तारिख देखि मात्र आधिकारिक रुपमा सार्बजनिक गर्ने जानकारी दिएको छ l उक्त संगीत भिडियोमा मुख्य अभिनयमा नायिका नन्दिता केसी तथा भानु तिवारी(देवजन )को रहेको छ l

स्वर किरण गजमेर तथा टीका लामिछानेको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ l शव्द मनिष अधिकारीको हो भने संगीत व्यवस्थापन कमल राईले गरेका छन l

भिडियोको निर्देशन कमल राई तथा भुवन रनपाल को रहेको छ भने छायांकन (क्यामरा )सुरेन्द्र मान सिंहको रहेको छ l यसै गरि सम्पादन/भीएफएक्स/रुप/परिकल्पना कमल राईले गरेका छन्

रिदम स्क्रिन क्रिएसनले दिलिप दाहाल ,प्रकाश दर्नाल ,बिएम खालिंग ,सिमन रमदम ,सन्तोष रमदम तथा सुरज राईलाई विशेष धन्यवाद दिएको छ l

प्रतिक्रिया