ठूला दुई पार्टीहरुलाई मिलेर जाने र भ्रष्टाचार हटाउने जनमत छ कि ?

इनेप्लिज २०७४ पुष २ गते २:३९ मा प्रकाशित

एक बहादुर क्षत्री ,नेपालका २००७ देखिका पार्टीहरु नेपाली कांग्रेस र एमाले दुई ठूला पार्टीहरु हुन् l जनताले पनि यिनीहरुलाई नै जनमत दिई देशको बागडोर सम्हालेर आएका छन्। तर यिनीहरुले आफ्नो अहम र भ्रष्टाचारी भावनाले गर्दा २०२१ तिरको को मलेशिया, थाइलेड स्तर देशलाई एक गरिवी मुलुकमा राख्न अगाडी बढ्दै छन्। जनताले जनमत दिएर लिए पछि जनताको शासक नभै सेवक भै काम गर्नु पर्छ।

यो प्रमाणित भैसक्यो कि यी फुटेको कारण तेस्रो राजा पार्टीले बिगतमा शासन गर्यो र भ्रष्टचार पनि गर्यो l र दुई पार्टी मिलेर एकै बर्षमा राजालाई ठिक ठाउँमा ल्याई २०४८ को संबिधान आयो।

यी पार्टीहरुको धन माथिको मोहले राजा पार्टीका भ्रष्टाचारी ठिक गर्ने ,जनमत लिएर पनि दुवै पार्टी फुटेर कारवाही नगरी धन कमाउने लहडले जनताको भावना बिपरित काम गरेर गणेशमान र कृष्ण प्रसाद पार्टीबाट बाहिरिनु परेको थियो l चाडै चुनाब गराई एमालेलाई जिताए पनि नौ महिना पनि सरकारले कांग्रेस को र भ्रष्टाचारको दलदल बाट सत्ता छोड्नु पर्यो।

दुवै पार्टीमा लेनदेन भ्रष्टाचारले गर्दा तेश्रो पार्टीको जन्म र जन आन्दोलन भयो । ति दुई पार्टीले मिलेर काम नगरेको हुँदा ३० बर्षको राजा पार्टीलाई सिरोधर समेत गर्नु पर्यो । सत्तामा आउने आसमा के भएन ? दुइ पार्टी मिलेर नै जनआन्दोलन साम्य भयो l अनि फेरि पनि अर्काको खुट्टामा टेकेर हिडेर संबिधानको लागि जुटी संबिधान आयो। नेपालमा भ्रष्टाचार गर्ने पहिलो त्रिभुवन बिश्व बिद्यालयका शिक्षकहरुले बाहिर काम गरेर र २०४८ साल तिर अस्थाई शिक्षकहरूलाई स्थायी गराएर भ्रष्टाचार रोक्ने र शिक्षा दिनेले भ्रष्टाचारको शुरुवात गराएको हो।

संबिधानपछि दुबै पार्टीले अरु पार्टीको लेनदेनमा सत्तामा पुगे यो कुरा आम जनताले चाहेको थिएन l यसको लागि मत दिएका थिएनन। गठबन्धन गरि सरकार बनाउनु र अझ बढी चुनाबमा नै गठबन्धन गर्नु र ५० बर्ष सम्म एउटा पार्टीमा लागेको लाई बिरोधि पार्टीलाई भोट हाल्न लगाउनु दुवै पार्टीको अक्षमे भुल हो।

अहिले दुवै पार्टी न मिल्दा टुहुरो भएर अर्काको मुख ताक्नु पर्ने भएको छ। अहिले १२१ सिट जितेको एमाले र ६३ सिट जितेको कांग्रेस ४९ सिट जित्ने मावोबादी समुनापतिक्मा १३ लाख ( १४ %) ले को पछि लागेर ठुला पार्टीको ६२ लाख (६६%) सदर मतदातालाई साशन ५ बर्ष पनि वास्तविक शाशन गर्ने देखिएको छ। यसले गर्दा ठुला पार्टी नमिलेर अर्काको खुट्टा टेकन पर्ने भएको छ । दुई ठूला पार्टीहरु मिलेर २०१५ साल देखि २०८० साल सम्म ५५ बर्ष साशन गरी देशको बिकाश गर्नु पर्नेमा वास्तविकमा यो मौका ५ बर्ष पाए र आउने ५ बर्ष राम्ररी नसोचेर गरेमा यो सुनौला मौका पनि गुम्न जानेछ। तसर्थ २०४६ सालमा बहुदल २०६३ सालमा गणतन्त्र र जनआन्दोलन र २०७२ सालमा संबिधान को लागि मिले जस्तै बिकाश र सम्वृद्धिको लागि मिलेर जनताको सेवा गर्नु पर्छ।

कसरि मिल्ने र यो सम्भब छैन भन्ने ६२ लाख मतादाताले भने पनि दुबै पार्टी मिलेर जानु पर्छ यसमा नै ठूलो कल्याण हुन्छ इतिहाँसले देखाई सकेको छ ५० बर्ष नमिल्नाले ठूलो नोक्सान निकै तल माथि भयो। पार्टी नेताहरु मिलेर देश भ्रस्टचार बिना सेवक भै काम गर्न र चुनाबमा भोट माग्दा भ्रष्टाचार सुन्य गराउने बाचा पुरा गर्न एक भै पक्ष र विपक्षले सत्ता र धनको मोह नगरी गएको देखाउने मौका छ।
नेताहरु चुनाब जितेर आएपछि आफू सेवक हो शासक हैन र काम गरेर होइन भ्रस्टचार गरि पैसाले फेरि चुनाब जितिन्छ भनेर त्यसमा लागेर हो। यसले गर्दा पैसा नहुँदा र कमाउने नियेत नभएका मावोबादीको खिम लाल देवकोटाले चुनाब लडन करोड करोड चाहिने र मेरो २०२८-२९ साल आई.कम साथी युव राज ज्ञवाली एमालेको उपाध्यक्षले हालैको चुनावमा भ्रस्टचार र लेन्देन गर्न नसकेको र चुनावमा भाग नलिएको कुरा बीबीसीमा छापिएको छ।
माओबादीका नारायणकाजी, एमालेका २०७० दूई क्षेत्रमा चुनाब जित्ने बामदेव गौतम र कांग्रेशका रामचन्द्रले हार्नु र धनराज गुरूंगले चुनाव टिकट नपाउनु र पार्टीको सदस्य हुनु अगाडी नै टिकट पाउने खेलमा ठूलो लेनदेन र ठूलो भ्रस्टचार भएको सबैले बुझेको हो।

आगो अगाडी घिउ पगलने जस्तै पैसाको अगाडी शिवजी ले पनि कागजी नोट लिने तर कहाँ बाट आएको थाहा नहुने हुदा कागजी नोट खारेज गरि ई -कार्ड वा बैंकबाट कारोबार गर्ने अघिल्लो अधिबेशनको अन्तिम दिन तिर धनराज गुरुङले पेश गरेको प्रस्तावलाई अब आउने अधिबेशनको केहि दिनमा छलफल गरि पास गर्ने। यसले गर्दा सत्ता कमाउनको लागि हैन राम्रो कामको लागि भनि होड कम हुनेछ। कागजी नोट खारेज गरि भ्रस्टचार हटाउने बारेमा लेखकले यसै http://www.enepalese.comमा बारेमा प्रकाशित गरेको पनि छ ।

• १२१ सिट भएको पार्टी एमालेलाई कांग्रेसले समर्थन गरि सरकार बनाउन लगाउने र कांग्रेस विपक्षमा रहेर विपक्षको भूमिका लिएर काम गर्ने सरकारमा नबस्ने २ बर्ष सम्म कुने हस्तक्षेप नगरी सरकार चलाउन दिने
• एमाले यसको प्रतिफलमा एमालेलाई ज्यादती गरे हूक लगाउने रास्ट्रपति र रास्ट्रीय सभामा काँग्रेस वा एमालेको निस्पक्ष व्यक्ति ल्याउने।
• अहिले परदेश स्तरमा कांग्रेश को सरकार बन्ने जनमत नभएकोमा पनि एउटा प्रदेश सरकार बनाउने व्यवस्था गर्ने। मधेशको र माओबादीको पनि एक एक प्रदेशम़ा सरकार हुने एमालेले व्यवस्था गर्ने। एसले गर्दा ४ वटा पार्टी सरकारले ७ वटा परदेशकाले राम्रो बनाउने भन्ने हुन्छ l
• कांग्रेस र एमालेको दुई तिहाई बहुमत हुने हुँदा आवश्यक अनुसार मधेशी माओबादी आदि देशको हित हुने गरि संबिधान संसोधन गर्ने। मधेस प्रदेशको लागि हिमाल् र चिन नभएको हुँदा महेन्द्रको भौगालिक ४ क्षेत्र लाई नै ४ प्रदेश बनाउन पहल गरि खर्च घटाउने।
• अरु जे भए पनि माथिको कुरामा छिटै सहमति नभएपनि कागजी नोट खारेज गरि भ्रस्टचार र अपराध हटाउने र बैंक बिमा बचत जस्ता हरेक जनतामा पुराउने सहमत हुनै पर्छ ।

तसर्थ यी दुई ठूला पार्टी मिलेर देश को आगामी ५ वर्ष सुन्य भ्रष्टचारको सरकार बनाई देश र सगरमाथा जस्तै उच्च बनाऊन को लागि दुई ठूला पार्टीहरुले पहल गरिनु सबै जनताको जनमत छ कि ?

प्रतिक्रिया