शनिबार, असोज ९ २०७८
काठमाडौं ०२:३२
वासिङटन डिसी 16:47

नेपाली कराते टोली इंडोनेसिया प्रस्थान

इनेप्लिज २०७४ पुष १ गते १२:१६ मा प्रकाशित

इन्डोनेसिया शोतो ओपन इन्टर नेसनल कराते टुर्नामेन्ट एण्ड सेमिनार मा सहभागी हुन अन्तराष्ट्रीय मार्शल आर्ट संघ नेपालको अध्यक्ष एवं प्रमुख प्रशिक्षक प्रकाश श्रेष्ठ को नेतृत्वमा ३ सदस्यीय कराते टोलीकाठमांडू बाट इंडोनेसिया तर्फ प्रस्थान गरेको छ l

प्रतियोगिता दिसम्बर १३ देखी १८ सम्म ५ दिन बिभिन्न मूलक का ६ सय भन्दा बढी खेलाडीहरूको सहभगिता रहने उक्त प्रतियोगिता बिश्व कराते महासंघ को प्राविधिक समिति प्रमुख सेन्से कागवा मासवाको निर्देशन मा संचालन गरिनेछ।

नेपाली कराते खेलाडीहरूमा क्रमस: रणदीप गोले , अभय मोक्तान र सानु बाबु तामाङ ले नेपालको तर्फ बाट सहभागिता गर्ने छन् । प्रतियोगिता मा रणदीप गोले ले -८५ किलो मा कूमिते तर्फ, अभय मोक्तान ले -५५ किलो मा कूमिते र सानु बाबू तमांगले -७५ किलो कूमिते मा प्रतिस्पर्धा गर्नु को साथ सानु बाबु तमांग ले प्रतियोगितामा रेफ्री तथा जज को भूमिका समेत निर्वाह गर्ने छन् l

प्रतियोगिता को समापन पश्चात डिसेम्बर १८ मा खेलाड़िहरू स्वदेश फ़र्क़ने छन भनि अन्तराष्ट्रीय मार्शल आर्ट संघ नेपाल महासचिव प्रशान्त प्रधानले जानकारी दिएका छन् l

प्रतिक्रिया