बुधबार, असोज ६ २०७८
काठमाडौं ०८:२६
वासिङटन डिसी 22:41

चिनी उद्योग छिटै सञ्चालनमा आउने

इनेप्लिज २०७४ मंसिर २८ गते २:०५ मा प्रकाशित

देशभरका चिनी उद्योगहरु छिटै सञ्चालनमा आउने भएका छन् । राजधानी काठमाडौँमा मंगलवार चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच चिनी उद्योगहरु सञ्चालनमा ल्याउने दुई पक्षीय सहमति भएको हो । तीन हप्तापछि दोस्रोपटक भएको दुई पक्षीय वार्तामा नयाँ सरकार गठन भएपछि दुवै संघ र सरकारका प्रतिनिधि बसेर त्रिपक्षीय सहमति अनुसार उखुको मूल्य निर्धारण गर्ने र तत्काल प्रति क्वीन्टल ५३१ रुपैया २० पैसाको दरले किसानले भुक्तानी पाउने छ ।
मूल्य निर्धारण नहुँदा खेतमा उखु बिग्रिन लागेको र समयमा उखु क्रसिङ नहुँदा पछि गर्मीको कारणले चिनी कम हुने भएकोले किसान र उद्योगी दुवैको हितलाई ध्यानमा राखी उद्योग सञ्चालनमा ल्याउने सहमति भएको वार्तामा सहभागी उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक कुमार यादवले जानकारी गराएका छन् ।

वार्तामा चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवाल, महासचिव राजेश केडिया, गरुडास्थित श्रीराम सुगर मिल्सका महाप्रबन्धक हितेश गोल्छा, उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली, विभिन्न पाँच जिल्लाका उख उत्पादक संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको वार्तामा सहभागी उखु उत्पादक संघ रौतहटका अध्यक्ष यादवले बताएका छन् ।
सञ्जय मित्र, रौतहट

प्रतिक्रिया