क्यानेडियन नेवाः गुथि द्वारा युवाहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ मंसिर २८ गते १:३० मा प्रकाशित


टोरोन्टो, क्यानेडियन नेवाः गुथिले ” युबाहरु मार्फत नबआगन्तुकहरुको लागि अत्याबश्यक सूचना तथा सेवा ” बिषयक एकदिने अभिमुखिकरण कार्यक्रम हालै टोरोन्टोमा सम्पन्न गरेको छ । नेपाली समुदायका युवाहरुलाई सामुदायिक सेवामा संलग्न गराई तिनीहरुको नेतृत्व बिकास क्षमता अभिबॄद्दी गर्नुको साथै नेपाली समुदायका नब आगन्तुकहरुले सेवा पावस भन्ने उद्देश्यले संचालन गरिएको सो अभिमुखिकरण कार्यक्रममा २३ जनाको सहभगिता रहेको छ । कार्यक्रममा सहभागि हरुलाई स्वागत गर्नु हुन्दै गुथि द्वारा युबाहरुको लागि यस्तो कार्यक्रम संचालन गर्न पाएकोमा खुसि ब्यक्त गर्नु भयो। गुथिका महासचिब बिमल मान श्रेस्थले गुथिको कृयाकलापको साथै सो परियोजनाको बारेमा जानकारि दिनु भयो।

सो कार्यक्रममा परियोजनाका बिबिध पक्षबारे आफ्नो प्रस्तुति दिनु हुन्दै परियोजना सल्लाहकार तथा ब्रोक बिस्वबिद्द्यालयका प्रा. डा. टम ओ नीलले सो कार्यक्रमले नब आगन्तुकहरुले झेलनु पर्ने समस्या कम हुनुको साथै युबाहरुको नेतॄत्व बिकास शीप को साथै सामुदायिक अनुभब बृद्दी हुने बिस्वास ब्यक्त गर्नु भयो ।

अभिमुखिकरण कार्यक्रममा सहभागिहरुलाई ३ समुहमा बिभाजन गरि नब आगन्तुकहरुको सभाबित समस्या र निराकरणका उपायहरुबारे छलफल गरि सामुहिक समुहगत प्रतिबेदन प्रस्तुत गरेका थिए। छलफलमा नब आगन्तुकहरुका प्रमुख समस्याहरु रोजगारि, स्वास्थ्य सेवा, बाल सेवा केन्द्र, आर्थिक साक्षरता, बसोबास, यातायात लागायतका बिषयहरु समाबेश गरेका थिए ।

कार्यक्रमको संचालन कार्यक्रम समन्वयकर्ता नबिन श्रेस्थ, गुथिका उपाध्यक्ष उत्तम माकजू, सदश्य डा. रिन्जन श्रेस्थ लगायतकाले गरेका थिए। सो कार्यक्रम अन्तर्गत सहभागिहरुलाई सक्षम गराई उनिहरु द्वारा नै कार्यक्रम गराईने छ भने सो परियोजना आगामि सन २०१८ मार्चमा सकिने छ।

प्रतिक्रिया