नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिका आउने

इनेप्लिज २०७४ मंसिर २७ गते २:३६ मा प्रकाशित

विजय थापा ,नया बर्ष २०१८ को लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रम को लागि अमेरिका आउने भएका छन् l

नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको छ l केटिएम इनटरटेन्टमेन्ट को आयोजनामा हुने उत्कृष्ट ३ अमेरिका यात्रा नामक कार्यक्रम अमेरिकाका बिभिन्न राज्यहरुका बिभिन्न शहरहरुमा नया बर्ष २०१८ मा बेजोड प्रस्तुति हुने भएको छ l यस अघि उनीहरुले प्रथम नेपाल आइडलका ३ बिजयीहरुले नेपाली समुदायको जन घनत्व ज्यादा भएका देशहरुमा आफ्नो प्रस्तुति देखाई सकेका छन् l

नया बर्ष २०१८ को जनवरी ११ देखि फेब्रुअरी १८ सम्म अमेरिकाका बिभिन्न शहरहरुमा हुने मिती तथा स्थान समेत तय भएको छ l जस अनुसार जनवरी ११ तारिख न्युयोर्कको मेलरोज बलरुम ,जनवरी २१ तारिख बोस्टन को वनडरल्याण्ड बलरुम ,यसै गरि जनवरी २६ तारिख मेरिल्याण्डको टाउसनको टोरेन्ट लंज तथा जनवरी २७ तारिख भर्जिनियाको अर्न्स्ट कम्युनिटी कल्चर सेन्टरमा हुने भएको छ l

यसै गरि फेब्रुअरी २ तारिख टेक्ससको ड्यालसको हाउस अफ ब्लुमा ,फेब्रुअरी ३ तारिखमा अस्टिनको सहारा लंजमा,यसै गरि फेब्रुअरी १० तारिख ह्युस्टनको हाउस अफ ब्लु तथा फेब्रुअरी ८ तारिख क्यालिफोर्नियाको ओकल्याण्डको ओकल्याण्ड स्कोटिस रुल तथा फेब्रुअरी ९ तारिखमा क्यालिफोर्नियाको सन्फ्रानसिस्कोको मेजानिनमा हुने भएको छ l

यसै गरि फेब्रुअरी १० मा नै लस एन्जेलस को एलरे थेटरमा ,फेब्रुअरी १६ मा वाशिंगटन को शोर्लिन कन्फेरेन्स सेन्टर ,फेब्रुअरी १७ मा मिजौरी को दि पिजेन्ट तथा फेब्रुअरी १८ मा मिनासोटाको अर्फीम थेटरमा हुने भएको छ l हाल सम्म तय भएको १३ वटा शहरका सबै स्थानमा कार्यक्रम साँझ ६ बजे राखिएको आयोजकले दिएका छन् l

कार्यक्रमका लागि नेपाल आइडलका विजयीहरूसँगै कार्यक्रम संचालनका लागि सुशील नेपाल आउने छन् भने अमेरिकाका अन्य शहरहरुमा प्रदर्शनको लागि डिजे राकेश संग सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् l सबै मिति र तिथि को प्रस्तावमा आएको आयोजकले जनाएका छन् l

तिनै कलाकारहरुले अद्वितीय नेपाली संगीतको प्रस्तुति गर्ने छन् भने उनीहरुले बिबिध समाजका बिभिन्न जातिहरूको प्रतिनिधित्व गर्ने छन् । नेपाल आइडल टप थ्री युएस टुर नामक सांगीतिक यात्रा कार्यक्रम ऐतिहासिक तथा अद्वितीय हुने छ भन्ने कुरामा आयोजक बिश्वस्त रहेका छन् l

किनभने उनीहरुले आफ्नो प्रस्तुति द्वारा ३ करोड नेपाली को मन जित्न सफल भएका छन् र प्रमाणित गरि सकेका छन l सुमधुर स्वरका धनि लामा ,भट्टराई तथा दासको बेजोड प्रस्तुतिले हरेक नेपालीको मन मस्तिष्क तथा हृदयमा बास बसेका छन् l

गीत तथा संगीतको कुनै सिमाना नहुने हुनाले हरेक वर्गका आँखाका नानि बनेका नेपाल आइडल का तीन बिजयीहरुको धमाका धार प्रस्तुति हुने छ l नेपालमा मात्र सिमित नरही नेपाली हरु बसोबास गर्ने हरेक मूलक बाट यसलाई अवलोकन गरेको यो प्रतियोगिता सर्बाधिक चर्चाको शिखरमा पुगेको थियो l नेपाल आइडल प्रतियोगिता नेपाली संगीत र टेलिभिजनका लागि क्रान्ति पनि हो l देशभर लुकेर रहेका प्रतिभालाई मंचमा ल्याएर गाउन सक्ने र पहिचान दिने सबै भन्दा ठुलो माध्यम बन्यो l

झन्डै १६ बर्ष अगाडी सन् २००१ मा बेलायतका टेलिभिजन निर्माता साइमन फुलरले सुरु गरेको यो यथार्थ कार्यक्रम (रियालिटी शो) विश्वका विभिन्न मुलुकमा चर्चित छ ।

अमेरिकन आइडलका रूपमा सञ्चालन गरेपछि विश्वव्यापी रूपमा यसको चर्चा सुरु भएको हो । र हाल अमेरिका, अष्ट्रेलिया, अरब, इन्डोनेसिया, न्युजिल्यान्ड, ल्याटिन अमेरिका, पोल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, भारतपछि फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करण नेपाल आइडल अपार सफलता पूर्वक सम्पन्न भयो l

कार्यक्रम हुने स्थान र समय को लागि यहाँ थिच्नु होला

 

प्रतिक्रिया