एमालेका किशोरी विजयी

इनेप्लिज २०७४ मंसिर २५ गते ८:४६ मा प्रकाशित

जनकपुरधाम, २५ मंसिर  ः प्रदेशसभा धनुषा निर्वाचन क्षेत्र नं १ ‘क’ बाट नेकपा (एमाले)का उम्मेदवार किशोरी साह कमल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ १४ हजार २०९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्यामनारायण यादवले आठ हजार ९११ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया