मंगलबार, असोज ५ २०७८
काठमाडौं ०५:३५
वासिङटन डिसी 19:50

सप्तरी १ प्रदेशसभा (क) मा एमालेका मण्डल विजयी

इनेप्लिज २०७४ मंसिर २५ गते ५:११ मा प्रकाशित

राजविराज, २५ मंसिर  ः सप्तरी प्रदेशसभा १ (क) मा नेकपा (एमाले) का नेता सत्यनारायण मण्डल विजयी हुनुभएको छ ।

जिल्ला मुख्य निर्वाचन कार्यालयले आज बिहान सार्वजनिक गरेको मतपरिणामअनुसार एमालेका मण्डलले ११ हजार ३०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा–फोरमका उम्मेदवार राजकुमार लेखीले नौ हजार २५२ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया