मंगलबार, असोज १२ २०७८
काठमाडौं ००:१३
वासिङटन डिसी 14:28

हुम्ला ः प्रतिनिधिसभामा स्वतन्त्र, प्रदेश ‘क’ मा एमाले

इनेप्लिज २०७४ मंसिर २२ गते ११:१५ मा प्रकाशित

हुम्ला, २२ मंसिर ः जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी हुनुभएको छ ।

लामाले ८ हजार ४९१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गर्नुभयो । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया